विदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयिप इर्दोगानले इस्लामिक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) र अमेरिकाबीच सिरियामा साँठगाँठ रहेको भन्ने आरोपलाई अमेरिकाले उट्पट्याङ अभिव्यक्तिको संज्ञा सिएको बीबीसीले जनाएको छ ।
अमेरिकाको विदेशमन्त्रालका प्रवक्ता मार्क टोनरले त्यस्तो आरोपमा कुनै पनि सत्यता नभएको बताएका छन् ।
यसअघि टर्कीका राष्ट्रपति इर्दोगानले अमेरिकाले सिरियामा कुर्दिश वाईपीजी र पीवाईडी समूहलाई सघाएको आफूसँग प्रमाण गरेको बताएको थियो ।
टर्कीका सूरक्षा फौजहरु उत्तरी सिरियामा आईएसविरुद्ध लडिरेहका छन् ।
टर्कीले गत अगस्टदेखि आईएस र कुर्दिश विद्रोहीविरुद्ध अलबाबमा अभियान चलाइरहेको र त्यसक्रममा ३७ सैनिकको ज्यान गएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७३ ०९:४६
प्रतिक्रिया दिनुहोस्