site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनगढी । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सङ्कटाको जितमा खेलको १६ औँ मिनेटमा सङ्कटाका मार्टिन एजीले पहिलो गोल गरेका थिए । त्यस्तै २५ औँ मिनेटमा पनि उनले नै दोस्रो  गोल गर्दै सङ्कटालाई शुन्य बिरुद्ध दुईले अग्रता दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा दुई गोलले अगाडि रहेको सङ्कटालाई दोस्रो हाफको ६१ औं मिनेटमा सेनाका टङ्क बुढाथोकीले गोल गरें । यो संगै सेनाका टोलीलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा पुस २१ गतेदेखि भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल हुनेछ ।

Global Ime bank

बिहीबार हुने पहिलो सेमीफाइनलमा भारतको दिल्ली युनाइटेड र काठमाडाँैको मनाङ मस्र्याङ्दी प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको दोस्रो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम ११ र सङ्कटाबीच खेल हुनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  ०२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC