site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युवा खेलाडी सम्मिलित पाकिस्तानले जित्ला विश्वकप ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन मात्र २५ दिन बाँकी छ । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि सहभागि देशले तयारी तीव्र पारेका छन् । १५ सदस्यीय टोली घोषणा गरेर १० टोली अन्तिम रणनीतिमा छन् । सहभागी १० मध्ये एकपटकको च्याम्पियन पाकिस्तानमा युवा खेलाडीको बाहुल्यता छ। 

विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा भारत अनुभवी खेलाडी राख्ने अग्रपंक्तिमा रहँदा पाकिस्तानका दुई खेलाडीमा मात्र दुई सय बढी एकदिवसीय खेलको अनुभव छ । युवा बलरबाट अपेक्षा राखेको पाकिस्तानी टोलीमा ३ खेलाडी २० वर्षमुनिका छन् । 

१२ औं संस्करणको एकदिवसीय विश्वकपसम्म पुग्दा पाकिस्तान एकपटक मात्र च्याम्पियन बनेको छ । सन १९९२ मा च्याम्पियन बनेको पास्कितान पछिल्लो पटक १९९९ मा उपविजेता बनेको थियो । इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको पाकिस्तान उपविजेता बन्दा अष्ट्रेलियासँग हारेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दुबै टोलीमाथि बदला लिने लक्ष्य राखेको पाकिस्तानले अहिले १५ सदस्यीय टोलीमा अधिंकाश युवा खेलाडी समेटेको छ । युवा खेलाडीको उमेर औसतमा २७ दशमलव ३ छ । अफगानिस्तानको २७ दशमलव ४ छ । विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्च अर्थात विश्वकपमा युवा खेलाडीले उचाइमा पु¥याउने पाकिस्तानको विश्वास छ । 
१९९९ मा पाकिस्तानले फाइनल खेल्दा जन्मिएका दुई खेलाडी शाहिन साह अफ्रिदी र मोहम्मद हसनैन यो विश्वकप लागि टोलीमा परेका छन् । 

यहाँ अफ्रिदी, हसनैन र शदाब खानलगायत करीअरको उत्तराद्र्धमा रहेका मोहम्मद हाफिज र सोएब मल्लिकसँगै १५ सदस्यीय पाकिस्तानी टोलीको चर्चा गरिएको छ । 

Global Ime bank

१. सर्फाज अहेमद (कप्तान)

विश्वकपको उपाधि उचाल्ने रणनीति बनाएको पाकिस्तानी टोलीको कप्तानी सर्फाज अहेमदले गर्नेछन् । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा राम्रो अनुभव राखेको सर्फाज विकेटकिपरसमेत हुन् । २००७ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यू गरेका सर्फाजले अहिलेसम्म एक सय एक एकदिवसीय खेलमा १९ सय ४२ रन बनाएका छन् । 

दुई शतक र नौ अर्धशतक बनाएका सर्फाजको उच्च रन १ सय ५ हो । उनले आफनो अहिलेसम्मको एकदिवसीय करीअरमा १ सय ४८ चौका र १० छक्कामात्र प्रहार गरेका छन् । ३१ वर्षीय सर्फाजले पछिल्लो समय दक्षिणअफ्रिकाविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।  

२. अबिद अली

पहिलो पटक एकदिवसीय विश्वकप खेल्न लागेका अबिद अलि पाकिस्तानका लागि नयाँ खेलाडी हुन् । उनले हालसम्म २ मात्र एकदिवसीय खेल खेल्ने मौका पाएका छन् । उमेर समूह हुँदै राष्ट्रिय क्रिकेटमा नयाँ उर्जासहित प्रवेश पाएका अलीले २ एकदिवसीय खेलमा १ सय १२ रन बनाएका छन् । 

उनले केहीसमय अगाडी सम्पन्न अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजबाट डेब्यू गरेका हुन् । डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शनगरेपछि उनी पाकिस्तान टोलीमा अटाएका हुन् । ३१ वर्षीय अबिदले डेब्यू खेलमा नै शतक बनाएका थिए । पाकिस्तानका लागि अलि आशालाग्दा ओपनर हुन् ।

३. बाबर अजाम

छोटो समयमा आफूलाई प्रमाणित गरेका २४ वर्षीय बाबर अजाम पाकिस्तानी टोलीका मुख्य खेलाडी हुन् । २०१६ वेस्ट इन्डिजविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटको यात्रा तय गरेका उनले ५९ एकदिवसीय खेलमा उपस्थिती जनाएका छन् । आफनो एकदिवसीय करीअरमा उनले २४ सय ६२ रन बनाएका छन् । 

१ सय २५ उच्च रन बनाएका बाबरको नाममा ८ शतक र १० अर्धशतक छ । २ सय बढी चौका प्रहार गरेका बाबरले २३ छक्का हानेका छन् । उनले पछिल्लो समय जनवरीमा दक्षिण अफ्रिकासँग एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । 

४. फहिम असरफ

पाकिस्तानी टोलीका अर्का युवा खेलाडी हुन्, फहिम असरफ । २५ वर्षका फहिमलाई २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेलको अनुभव छ । ब्याटिङभन्दा बलिङमा चम्केका उनले २० एकदिवसीय खेलमा १९ विकेट लिएका छन् । 

ब्याटिङतर्फ १ सय ४६ रन बनाएका छन् । २०१७ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय करीअर सुरु गरेका फहिमले मार्चमा अष्ट्रेलियासँग भएको सिरिजमा सहभागिता जनाएका हुन् ।
 
५. फकर जमन

पाकिस्तानी टोलीका फकर जमन भरपर्दा ब्याटसम्यान हुन् । छोटो समयमा आफूलाई एकदिवसीय क्रिकेटमा प्रमाणित गरेका जमनले ३१ खेलमा १४ सय ४२ रन बनाएका छन् । २ सय १० उच्च रन बनाएका जमनले ३ शतक र ९ अर्धशतक नाममा लेखाएका छन् । २९ वर्षीय फकरले २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । अन्तिम एकदिवसीय खेल पनि उनले अफ्रिकाविरुद्ध खेलेका छन् । 

६. हरिस सोहेल

भरपर्दा अलराउण्डको परिचय बनाएका खेलाडी हुन्, हरिस सोहेल । ३० वर्षीय सोहेलले ६ वर्ष एकदिवसीय क्रिकेटमा मात्र ३१ खेल खेलेका छन् । १२ सय ५१ रन बनाएका सोहेलले २ शतक बनाएका छन् । उनको उच्च रन १ सय ३० हो । ९८ चौका र १८ छक्का प्रहार गरेका सोहेलले २०१३ मा दक्षिण अफ्रिकाको खेलबाट डेब्यू गरेका थिए । बलिङतर्फ उनले ३१ खेलमा ११ विकेट लिएका छन् । उनले पछिल्लो समय मार्चमा अष्ट्रेलियाविरुद्ध एकदिवसीय सिरिज खेलेका हुन् ।
 
७. हसन अली

तीन वर्षे एकदिवसीय करीअरमा ७७ विकेट लिएका हसन अलि पाकिस्तानका लागि मुख्य बलर हुन् । २०१६ मा आयरल्याण्डविरुद्ध डेब्यू गरेयता हसनले ४४ खेलमा ७७ विकेट लिएका छन् । २४ वर्षीय हसनले ब्याटिङतर्फ ४४ खेलमा २२ इनिङस खेल्दै मात्र २ सय ३ रन बनाएका छन् । पछिल्लो समय उनले दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । 

८. इमाद वासिम

विश्वकपका लागि १५ सदस्यीय टोलीमा इमाद वासिम पनि अटाएका छन् । ३० वर्षीय इमाद अलराउण्डर हुन् । २०१५ मा श्रीलंकाविरुद्ध डेब्यू गरेयता इमादले ४१ एकदिवसीय खेलमा सहभागिता जनाएका छन् । ब्याटिङतर्फ ४१ खेलमा ७ सय ११ रन बनाएका उनले बलिङतर्फ ३३ विकेट लिएका छन् । 

९. इमाम उल हक

तीन वर्षे एकदिवसीय क्रिकेट करीअरमा जमेका २३ वर्षीय युवा खेलाडी इमाम उल हक पाकिस्तानी टोलीका शान हुन् । उनले २०१७ श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट करीअर सुरु गरेका हुन् । त्यसयता उनले २४ एकदिवसीय खेलमा ११ सय ५३ रन बनाएका छन् । १ सय २८ सर्वाधिक रन बनाएका उनले ५ शतक र ५ अर्धशतक आफनो नाममा लेखाएका छन् । 

१०. जुनैद खान

पाकिस्तान टोलीका बलरमध्ये अग्रपंक्तीमा आउने खेलाडी जुनैद खान पनि हुन् । २९ वर्षीय खानले २०११ मा डेब्यू गरेका थिए । वेष्ट इन्डिजविरुद्ध खेल्दै करीअर सुरु गरेयता जुनैदले ७४ एकदिवसीय खेलमा १ सय ८ विकेट लिएका छन् ।  ब्याटिङतर्फ मात्र ७४ रन बनाएका छन् । अनुभवी बलर जुनैदबाट अपेक्षासहित पाकिस्तानले टोलीमा समावेश गरेको छ । 

११. मोहम्मद हाफिज

ढल्किँदो उमेरसँगै फिटनसबाट गुज्रिरहेका अलराण्डर मोहम्मद हाफिजलाई पाकिस्तानले १५ सदस्यीय टोलीमा अटाएको छ । उनी विश्वकप खेल्ने पाकिस्तानी टोलीमा सबैभन्दा पाका खेलाडी हुन् । ३८ औं वसन्तमा रहेका हाफिजले २ सय ८ एकदिवसीय खेलमा ६ हजार ३ सय २ रन बनाएका छन् । बलिङतर्फ पनि उनको प्रदर्शन उत्कृष्ट छ । उनले २ सय ८ खेलमा १ सय ३७ विकेट लिएका छन् । २००३ मा जिम्बाबेविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा उदाएका हाफिजले पछिल्लो समय जनवरीमा दक्षिण अफ्रिकाकाविरुद्ध खेलेका थिए । 

१२. मोहम्मद हसनैन 

पाकिस्तानी टोलीमा सबैभन्दा कम उमेरका खेलाडी हुन् मोहम्मद हसनैन । १९ वर्षमा रहेका मोहम्मद पाकिस्तानकी टोलीका नवस्टार हुन् । उनको प्रदर्शनलाई लक्षित गरी पाकिस्तानले विश्वकपको १५ सदस्यीय टोलीमा राखेको छ । तीन एकदिवसीय खेलको मात्र अनुभव लिएका हसनैन बलर हुन् । उनले मार्चमा अष्ट्रेलियाविरुद्ध खेल्दै एकदिवसीय यात्रा सुरु गरेका हुन् । डेब्यू एकदिवसीय सिरिजमा उनले दुई विकेट लिए । 

१३. शदाब खान

मोहम्मद हसनैनपछि पाकिस्तान टोलीमा रहेका अर्का युवा खेलाडी शदाब खान हुन् । २० वर्षका शदाबले यू–१९ क्रिकेटपछि पाकिस्तानी टोलीमा स्थान बनाएका हुन् । उनी हसनैनभन्दा एकदिवसीय क्रिकेटमा अनुभवी छन् । अलराण्डर शदाबले २०१७ मा वेस्टइन्डिजविरुद्धको खेलबाट डेब्यू गरेका हुन् । अहिलेसम्म ३४ एकदिवसीय खेलमा उनले ४७ विकेट लिएका छन् । ब्याटिङतर्फ २ सय ९४ रन बनाएका छन् । सम्रगमा उनी ब्याटिङभन्दा बलिङमा पोख्त छन् । 

१४. शाहिन साह अफ्रिदी

पाकिस्तानी टोलीमा विश्वकप खेल्ने टोलीमा रहेका कम उमेरका खेलाडी हुन्, शाहिन शाह अफ्रिदी । उमेरले मात्र १९ औं वसन्तमा रहेका शाहिन बलर हुन् । १० एकदिवसीय क्रिकेटको अनुभवी शाहिनले २०१८ मा अपगानिस्तानसँग खेल्दै एकदिवसीय करीअर सुरु गरेका थिए । त्यसयता १० खेलमा सहभागी उनले १९ विकेट लिएका छन् भने १५ रनमात्र बनाएका छन् । पाकिस्तानी युवा बलरमध्ये शाहिन एक हुन् । 

१५. सोयब मल्लिक

मोहम्मद हाफिजपछि बढी उमेरका खेलाडी हुन्, सोयब मल्लिक । एकदिवसीय करीअरको अन्तिम अवस्थामा रहेका ३७ वर्षीय अलराउण्डर सोयब विश्वकपका लागि पाकिस्तानी टोलीमा रहेकामध्ये सर्वाधिक एकदिवसीय क्रिकेटको अनुभव रहेका खेलाडी हुन् ।

२ सय ८२ एकदिवसीय खेलमा उनले ७ हजार ४ सय ८१ रन बनाएका छन् । बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका उनले १ सय ५६ विकेट लिएका छन् । पाकिस्तान उपविजेता बन्दा १९९९ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका उनले पछिल्लो समय मार्चमा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC