विदेश

आक्रमण ३ सैनिक र ११ विद्रोही मारिए

अफगानिस्तान । अफगानिस्तान दक्षिणी प्रान्त उरुजगानको प्रान्तीय राजधानी टिरिन कोटको बाहिरी इलाकामा आतङ्ककारी र सैनिकबीच गएराति रातभरी भएको एक झड्पमा तीन सैनिक र ११ आतङ्ककारी मारिएका छन् ।

टिरिन कोटको आर्मा इलाकामा अवस्थित एक सैनिक शिविरमा आइतबार राति अज्ञात सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले सुरु गरेको झडपमा तीन र्सैनिकले ज्यान गुमाए भने सैनिकको जवाफी कारबाहीमा ११ आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता दुउस्त मोहमदले बताएका छन् ।

सैनिक शिविर आक्रमणमा आएका ती आतङ्ककारीहरु तालिवान भएको जनाइएको छ । रासस/सिन्ह्वा

तपाईंको मत