site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेरुत । पूर्वी दमासकसमा सोमबार विद्रोहीहरुको अखाडालाई लक्षित भारी हवाई आक्रमण भएको एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । विद्रोहीले गोप्य सुरुङ्ग र आत्मघाती आक्रमण गरेपछि सिरियाली सरकारीबलले उक्त हवाई आक्रमण गरेको बताइएको छ ।

पूर्वी दमासकसमा अवस्थित जोबारमा विद्रोहीको आखाडालक्षित भीषण हवाई आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन् ।
अल कायदा आतङ्ककारी समूहसँग सम्बन्धित फतेह अल साम फन्टले आइतबार जोबारस्थित सरकारी क्षेत्रहरुलाई लक्ष्य गरी आक्रमण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार भएको हवाई आक्रमणमा परी के कति व्यक्तिले ज्यान गुमाए सो भने प्रष्ट नभएको रहमानले जानकारी दिएका छन् ।

त्यसैगरी सोमबार भएको हवाई आक्रमण सिरियन सरकारको युद्धक विमान हो या र रसियाली सो पनि प्रष्ट नभएको उनले जानकारी दिएका छन् ।

Global Ime bank

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट (आइएस) को प्रभाव बढदै गयो । सिरियामा जारी यस युद्धमा परी सन् २०११ बाट हालसम्म तीन लाख १० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्नो घर छोडी आफ्नै देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् ।रासस\\एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC