site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गरेका छन्। 

प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधन गर्दा बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताउनुभयो । नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ । 

उहाँले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पु¥याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आह्वानलाई स्वीकार्दै अगाडि बढ्ने बताए। 

Global Ime bank

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास तेस्रो चरणको तालिममा भाग लिन २८ देशका एकहजार २४ सैनिकको सहभागिता छ । तालिम यही चैत २१ गतेसम्म चल्नेछ । 

द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सुत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चारवटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ । 

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । 

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । 
त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC