देश

ग्यास निस्केको ठाउँको सुरक्षा गर्न मन्त्रीको निर्देशन 

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले भक्तपुरको सिरुटार स्थित प्राकृतिक ग्यासको सम्भावना रहेको स्थलमा तत्काल सुरक्षाको उपाय अपनाउन निर्देशन दिएका छन् । मन्त्रालयका अनुसार उक्त स्थलमा खानेपानीका लागि डिप बोरिङ गर्ने क्रममा प्राकृतिक ग्यास निस्किएको थियो । 

मन्त्री जोशीेले उक्त स्थलमा निरीक्षण गरी सुरक्षाका उपाय अपनाउन सम्वन्धित निकायलाई  निर्देशन दिएका हुन् । ग्यासको आर्थिक र व्यावसायिक सम्भाव्यताको आवश्यक अध्ययन तथा अन्वेषण गर्न मन्त्री जोशीले खानी तथा भूगर्भ विभागलाई निर्देशनसमेत दिएको बताइएको छ ।    

तपाईंको मत