ad

खेल

सोम र सञ्जय प्रिक्वाटरफाइनलमा

काठमाडौं । सोम लामा र सञ्जय तामाङ पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमले राजेश केसीलाई ४–२ तथा सञ्जयले सन्देश श्रेष्ठलाई ४–२ ले पराजित गरे ।

त्यसैगरी, सञ्जयकुमार मुल्मीले माणिक शाहीलाई ४–३, सोभित पोखरेलले प्रवीण शाक्यलाई ४–२, अनिश महर्जनले निरज थापा मगरलाई ४–२, दीपजल ढुंगानाले फुर्वा लामालाई ४–२, जिमी लामाले सुरेश डंगोललाई ४–३, मोती तामाङले अमन कार्कीलाई ४–१, प्रकाश शेरचनले सौरव शाहलाई ४–३ तथा सुजन गिरीले जय महर्जनलाई ४–२ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
 

तपाईंको मत