घटना क्रम
काठमाडौं । आमिर खान स्टारर ‘दंगल’ को बक्स अफिस कब्जा फेरि सुरु भएको छ र यो निरन्तर छ । चलचित्र चीनमा रिलिज भएको छ । ताइवानमा यसले राम्रो कमाइ गरिरहेको छ ।
चीनमा १३ करोडको ओपनिङ गरेको चलचित्रले पाँच दिनमा ९० करोडको कमाइ गरेको फिल्मीबिटले लेखेको छ । ‘दंगल’को जम्मा कमाइ ८४४ करोड पुगेको छ । चलचित्र अब १००० करोडको कलेक्सन नजिक पुगेको छ । आधिकारिक रूपमा ‘दंगल’ बलिउडको सबैभन्दा ठूलो चलचित्र बनेको छ ।
७००० स्क्रिनमा रिलिज भएको यो चलचित्र चौँथो दिन पनि फिल्म बक्स अफिसमा टिकिरहेको छ । ‘दंगल’ले अब ४० मिलियन कमाइ गर्ने बित्तिकै १००० करोड क्लबमा प्रवेश गर्ने छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०७४ ०१:३०
प्रतिक्रिया दिनुहोस्