site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काबुल । अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने अरु झन्डै ५० जना घाइते भएका छन् । 

रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् । 

Agni Group

सुरक्षा फौजले लडाकुहरुले आक्रमणका लागि तयार पारेका हतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिई नष्ट पारेको मन्त्रालयले जनाएको छ । 

देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सुरक्षा कारबाही तिव्र पारेको बताएपछि आफ्नोतर्फ के कति क्षति भएको छ भन्ने बारेमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन । 

Global Ime bank

गत दुई वर्षदेखि सरकार विरोधी हिंसा मच्चाइरहेका समुहका विरुद्धमा अफगानिस्तानमा सरकारले सुरक्षा कारबाही चलाइरहेको छ । 

तालिवानी लडाकुसँग बिहीबार कापिसा प्रदेशको टागाबमा भएको भिडन्तमा परी पाँच जना प्रहरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC