site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तेहरान । इरानमा राष्ट्रपतिको छनौटका लागि शुक्रबार मतदान भएको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति छनौट गर्ने निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मत गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गरेका छन् ।  

इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्व दिइन्छ र इरानी जनताले यो सन्देशलाई ध्यानपूर्वक लिनेछन् । इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले भने, उक्त अवसरमा उनले निर्वाचन प्रजातन्त्रको आधार भएको बताए ।  

सर्वोच्च नेताले टेलिभिजनमा बोलिरहेको समय इरानी गृहमन्त्री अब्दोलरेजा रहमानी फाजलीले देशैभर मतदान सुरु भएको घोषणा गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच राष्ट्रपतिको निर्वाचनका एक प्रतिस्पर्धीसमेत रहेका इरानी राष्ट्रपति हनस रौहानीले पनि तेहरानस्थित होसेनेह एर्सादमा रहेको मतदान केन्द्र पुगी नयाँ राष्ट्रपतिका लागि मतदान गरेका छन् ।  

निर्वाचनका लागि इरानभर करिब ६० हजार मत पेटिकामार्फत इरानी जनताले आफ्ना अमुल्य मत जम्मा गरी नयाँ नेतृत्व चयन गर्ने इरानले जनाएको छ । 

Global Ime bank

पाँच करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । 

बिहीबार इरानका गृहमन्त्रीले राष्ट्रपतिको दौडमा रौहानी, इबाहीम राइजी, मोस्तफा अघामिर्सालिम र मोस्तफा हसेमी तावा रहेको औपचारिक घोषणा गरेका थिए ।  

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका एक हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिएको भए पनि छ जना मात्र राष्ट्रपतिको उमेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन् । 

गत मङ्गलबार सुधारवादी उपराष्ट्रपति इशाक जहाङगिरीले आफूले राष्ट्रपतिको निर्वाचन उम्मेदवारी फिर्ता लिएको जनाएका थिए । रासस÷सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC