site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् ।  

उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए ।  

वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए । तर उनले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत वर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए ।  

राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । 

Global Ime bank

ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गरेका छन् ।  

कोमीसँग काम गर्न आपूmलाई निकै गाह्रो भएकाले उहाँलाई बर्खास्त गर्नुपरेको पनि राष्ट्रपति ट्रम्पले स्पष्टीकरण दिए ।  

अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उहाँलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् । 

मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त भएका हुन् । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । तर मलरलाई स्वतन्त्र भनिए पनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नुहुन्छ भनेर सांसदहरुले टिप्पणी गरिरहेका छन् । रासस\\सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC