site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्कृष्ट उपन्यासको कमजोर नक्कलः चलचित्र ‘हाफ गर्लफ्रेन्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ मा अर्जुन एक बिहारी युवा माधव झाको भूमिकामा छन् । उनकी हाफ गर्लफ्रेन्ड रिया सोमानीको भूमिकामा देखिएकी छिन्, श्रद्धा कपुर । चलचित्रले वर्तमान अवस्थाको प्रेम र सम्बन्धका बारेमा बताएको छ । जसमा पटनादेखि दिल्ली र न्युयोर्कसम्मको दृश्य देख्न सकिन्छ ।
चलचित्र मे १९ (शुक्रबार) मा रिलिज भएको छ । चेतन भगतको उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ ‘उत्कृष्ट विक्री पुस्तक’ मध्येको एउटा थियो । अब भने चलचित्रका रूपमा आउँदा दर्शकले कस्तो प्रतिक्रिया दिने हुन्, यसको प्रदर्शनबाट थाहा भइ नै हाल्ने छ । तर, अहिले भने हेरौँ यो मिडिया रिभ्यू (सञ्चार समीक्षा)

जनरः रोमान्टिक ड्रामा
निर्देशनः मोहित सुरी
प्लटः यो चेतन भगतद्वारा लिखित उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ मा आधारित चलचित्र हो । 
क्रिटिक रेटिङः १.५÷५
स्टार कास्टः  अर्जुन कपुर, श्रद्धा कपुर, विक्रान्त मस्सी, रिया चक्रवर्ती, सीमा विस्वास
निर्माणः बालाजी टेलिफिल्मस, चेतन भगत, मोहित सुरी
संगीतः मिथुन, तनिष्क बागची, ऋषि रिच, राजु सिंह (ब्याकग्राउन्ड स्कोर)

Prabhu Bank
Agni Group
NIC Asia

चेतन भगतको उपन्यासमा प्रायः चलचित्र बनाइएको छ । फेरि एकपटक उनको ‘हाफ गर्लफ्रेन्ड’ मा आधारित चलचित्र सिनेमाघरमा रिलिज भएको छ । यसमा अर्जुनकपुर र श्रद्धा कपुर शीर्ष भूमिकामा छन् । हेरौँ भाष्करडटकमको रिपोर्टमा आधारित यो मिडिया रिभ्यूः 

कथा
यो कथा बिहारमा बस्ने माधव झा (अर्जुन कपुर) को हो । जो दिल्ली आएर खेलकुद कोटामा युनिभर्सिटीमा भर्ना हुन्छन् । त्यहाँ उनको भेट रिया सोमानी (श्रद्धा कपुर) सँग हुन्छ । दुवैको एउटा चाख उस्तै हुन्छ, बास्केटबल । दिल्ली बस्ने रियामाथि माधवको प्रेम जागृत हुन्छ । तर रिया उनलाई प्रेम गर्दिनन् । यद्यपि माधवकी हाफ गर्लफ्रेन्ड बन्छिन् । विशेष कारणले दुवैको मतभेद हुन्छ । त्यसपछि कथा बिहार र लन्डनसम्म पुग्छ  । माधवको प्रेम कथामा उनका साथी शैलेश –विक्रान्त मस्सी) को पनि महत्वपूर्ण भूमिका छ । प्रश्न उठ्छ, के माधव र रिया यो प्रेम कथालाई पूरा गर्न सक्छन् ? यसका लागि त चलचित्र हेर्नै पर्छ । 

Global Ime bank

निर्देशन
चलचित्रको निर्देशन राम्रो छ । लोकेशन पनि गज्जबका छन् । सिनेमेटोग्राफी, क्यामेरा वर्क पनि उत्कृष्ट छ । चलचित्रको कथा पट्यार लाग्दो र कमजोर छ । कथाको बहाव चाख लाग्दो छैन । यस अघि पनि चेतन भगतको उपन्यासलाई चलचित्रमा रुपान्तरण गरिएको थियो । तर यो  चलचित्र त्यो स्तरको छैन । चलचित्रलाई लिएर जुन प्रतीक्षा थियो, चलचित्रले अपेक्षा पूरा गर्न सकेन ।

एकजना सामान्य दर्शक भएर हेर्दा बारम्बार एउटै प्रश्न आउँथ्यो, आखिर यस्तो चलचित्र बनाउनको उद्देश्य के हो ? जसमा चलचित्रका पात्रहरूको कृयाकलापको उद्देश्य बुझ्न सकिँदैन । कोही परिवारबाट टाढा भइरहेका छन् भने कोही प्रेमबाट । यसको कारण चलचित्रले बताउन सकेको छैन । भावनाले भरिएको कथाले त्यस्तो भावना देखाउन सकेको छैन ।
 
स्टारकास्टको प्रस्तुति
अर्जुन कपुरको काम सहज देखिन्छ । उनी माधवको भूमिकामा फिट छन् । उनको कुराकानी गर्ने तरिका पनि राम्रो छ । अर्जुनका साथीका रूपमा माझिएका अभिनेता विक्रान्त मस्सीको काम हेर्दा अझै उनले नयाँ प्रोजेक्ट पाउने सम्भावना देखिन्छ । श्रद्धा कपुरको काम पनि राम्रो छ । अन्य कलाकारले पनि आफ्नो पूर्ण योगदान दिएका छन् । 

चलचित्रको संगीत
चलचित्रको संगीत र ब्याकग्राउन्ड स्कोर राम्रो छ । कथा सँगसँगै चलिरहन्छ ।  ‘फिर भी तुमको चाहूंगा’ सबैभन्दा राम्रो गीत छ । बाँकी गीत ठीकै छन् तर स्क्रिनप्लेका क्रममा कहानीको क्रमलाई तोड्न पुग्छन् । 

हेर्ने या नहेर्ने ?
यदि अर्जुन र श्रद्धाको फ्यान हुनुहुन्छ भने एक पटक हेर्ने प्रयास गर्न सकिन्छ  ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC