site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इरफान खानको चलचत्रि ‘हिन्दी मिडियम’ लाई ट्याक्स फ्री
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अभिनेता इरफान खानको चलचित्र ‘हिन्दी मिडियम’ आज (शुक्रबार) रिलिज भएको छ । चलचित्र रिलिजसँगै महाराष्ट्र सरकारले फिल्मलाई राज्यमा करमूक्त (ट्याक्स फ्री) घोषणा गरिएको छ । चलचित्र निर्माता भूषण कुमारले जानकारी दिँदै भने, “महाराष्ट्रमा चलचित्रलाई ट्याक्स फ्री गरेकामा महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फडनवीसको आभारी छु । उनलाई धन्यवाद दिन चाहन्छु ।” महाराष्ट्र अघि चलचित्रलाई गुजरातमा करमूक्त गरिएको थियो । 
इरफान खानले एउटा अन्तर्वार्तामा चलचित्रलाई करमूक्त गर्नु राम्रो भएको बताए । यसबाट धेरैभन्दा धेरै दर्शकले चलचित्र हेर्न पाउने विश्वास गरिएको छ । चलचित्रले एउटा सामाजिक मुद्दा उठाएको छ । इरफानले अन्य प्रदेशमा पनि ट्याक्स फ्री हुने अपेक्षा गरे । 
‘हिन्दी मिडियम’ लाई साकेत चौधरीले निर्देशन गरेका छन् । चलचित्र समाजको एउटा तीतो सत्यमा आधारित छ । चलचित्रमा इरफान खानसँगै पाकिस्तानी अभिनेत्री सबा कमर शीर्ष भूमिकामा छन् । चलचित्रमा इरफान ‘राज बत्रा’ को भुमिकामा छन् । उनको पुरानो दिल्लीमा एउटा फेशन स्टुडियो हुन्छ । उनी आफ्नो जीवनदेखि खुसी हुन्छन् । उनकी श्रीमतीको भूमिकामा सबबा कमर छिन्, उनी मिताको भूमिकामा छिन् । चलचित्रमा राज र मिता उनको छोराको एडमिसन कुनै राम्रो विद्यालयमा होस् भन्ने चाहन्छन् । चलचित्रमा हिन्दी माध्यमको प्राइभेट विद्यालयलाई सांकेतिक रूपमा हास्य व्यङ्ग्य गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC