site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बलिउडका प्रतिभाशाली स्टार नवाजुद्दीन सिद्दिकी जसले सलमान खान र शाहरुख खानलाई पनि पछि पारे
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जब उनी आफ्नो प्रस्तुति दिन्छन्, न सलमान खान, न शाहरुख खान  न कुनै ठूला स्टार, यिनी सामु टिक्न सक्दैनन् । जब उनी टीभी स्क्रिनमा हुन्छन्, नजर यिनीमा रोकिन्छ । यद्यपि यिनको करियर अगाडि बढ्न कयौँ वर्ष लाग्यो तर सही अर्थमा यिनी कलाकार हुन् । उनी हुन् नवाजुद्दीन सिद्दिकी । 
आज (शुक्रबार) नवाजुद्दीनको जन्मदिन हो । उनी १९ मे १९७४ जन्मिएका  नवाजुद्दीन ४२ वर्षका भए । नवाजले धेरैजसो चलचित्रमा साइड रोल गरेका छन् । तर उनको प्रत्येक भूमिकामा उनको पृथक भूमिका रहने गरेको छ, प्रशंसित पनि छन् । 
अमिताभ बच्चनले आफैँ सुजोय घोषलाई नवाजलाई राखेर एउटा फिल्म बनाउन भनेका थिए । यसैबाट पनि नवाजको प्रसिद्धता अनुमान गर्न सकिन्छ । आज नवाजको जन्मदिनको अवसरमा फिल्मीबिटको रिपोर्टमा आधारित भएर तयार पारिएको यो सामग्री हेरौँ नवाजका उत्कृष्ट प्रस्तुति जसलाई निकै तारिफ गरिएको थियो । 
बदलापुर
रिलिज अघि यो चलचित्र बरुण धवनको थियो तर रिलिज पछि यो नवाजुद्दीनको भयो । वरुणले चलचित्रमा राम्रो अभिनय गरेका थिए, यसमा दुई मत छैन । तर, सबै प्रशंसा नवाजले बटुलेका थिए । 
बजरंगी भाइजान
बजरंगी भाइजानमा पनि नवाजको भूमिकालाई निकै मन पराइएको थियो । यो चलचित्रमा नवाजले एक रिपोर्टरको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शकले निकै मन पराएका थिए । 
 माझी द माउन्टेन मेन
यो चलचित्रमा नवाजले दशरथ माझीको भूमिकामा शानदार अभिनय गरेका थिए । सबैतिर उनको प्रशंसा नै प्रशंसा भएको थियो । 
ग्याङ्स अफ वसेपुर
यो फिल्मको पहिलो भागमा नवाजुद्दीन र मनोज वाजपेयी दुवै थिए तर दोस्रो भागमा पूरै चलचित्र नवाजले आफ्नो काँधमा लिएका थिए । चलचित्रमा नवाजको कामलाई निकै प्रशंसा गरिएको थियो । 
लञ्चबक्स
यसै चलचित्रबाट नवाजले अन्तर्राष्ट्रिय स्तरमा पहिचान पाएका थिए । चलचित्रले कयौँ अवार्ड्स पनि पाएको थियो । नवाजले पनि फिल्मफेयरदेखि स्टार गिल्ड र एशिया प्यासेफिक फिल्म फेस्टिभलमा सम्मान पाएका थिए ।
किक
यो चलचित्रमा पनि नवाज र सलमान खानसँगै देखिएका थिए । तर सलमानजस्ता सुपरस्टारका अगाडि पनि नवाजले आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मन जितेका थिए । 
तलाश
तलाशमा नवाजुद्दीन निकै कम समयका लागि थिए । उनको भूमिका तैमुरलाई दर्शकले नोट गरे । मिस्टर परफेक्शनिस्ट आमिर खानका अगाडि नवाजलाई नोटिस गर्न उनको ठूलो उपलब्धी हो । 
रईस
शाहरुख खानसँग चलचित्र ‘रईस’ मा नवाजले काम गरे । उनको कामलाई दर्शकले निकै प्रशंसा गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC