साहित्य र कला

मलयालम चलचित्रको रिमेकमा सलमान खान फेरि एकपटक

काठमाडौं । केही दिन अघि सलमान खान आफ्नो चलचित्र ‘ट्युबलाइट’ को गीत लञ्च हुँदा दुबईमा थिए । प्यसै क्रममा मिडियासँग कुराकानी गर्दै सलमानले दुई मलयालम चलचित्र (बडिगार्ड र क्योकिं) को रिमेकमा काम गरिसकेको बताए ।

अब सलमानले ‘पुलिमुरुगम’ हेर्न गइरहेको बताएका थिए । यद्यपि सलमानले उनी रिमेकमा काम गर्ने छन् कि छैनन् भन्ने निर्ण नगरेपनि उनको कुराले यसतर्फ संकेत गरिरहेको थियो । फिल्मीबिटका अनुसार सलमानले ‘ पुलिमुरुगन’ हेर्नुभन्दा अघि यो चलचित्रका निर्देशकलाई भेट्नवाला थिए ।
चलचित्र ‘पुलिमुरुगम’ साउथ इण्डियाका सुपरस्टार मोहनलालको उत्कृष्ट चलचित्र मध्ये एक हो ।

सन् २०१६ मा रिलिज भएको यो चलचित्रले कयौँ नेशनल अवार्ड पनि पाएको थियो । चलचित्रमा एक्शनको बाहुल्यता छ । चलचित्रमा बाघको आतंकबाट छुटकारा पाउन संघर्षरत एउटा गाउँको कथा छ ।

तपाईंको मत