site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताले कांग्रेसको विकल्प खोज्न थाले, अहिले के का लागि प्रधानमन्त्री हुने ?: रामचन्द्र पौडेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसको विकल्प खोज्न थालेको भन्दै पार्टी गम्भीर हुनुपर्ने बताएका छन् ।
शनिबार कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

उनले अहिले कांग्रेस किन प्रधानमन्त्री हुने ? भन्ने कुरा पनि स्पष्ट पार्न सक्नुपर्ने बताए ।

“अहिलेको सन्दर्भमा पहिलो कुरा त प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ,” पौडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “पहिलो चरणको मतदान हेर्दा सचेत मतदाताले हामीलाई पाठ सिकाउन खोजेको देखियो । बनेपा, चितवन, गैडाकोट, पोखरा लगायतका स्थानहरुमा हाम्रो अवस्था के भयो ? अर्कातिर काठमाडौंले एउटा सन्देश दिएको छ । त्यसलाई पनि ख्याल गर्नैपर्ने अवस्था छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले जनताले कम्युनिष्ट रोज्न तयार नभए पनि कांग्रेसको विकल्प खोज्न थालेको बताए ।
“जनता कम्युनिष्ट रोज्न तयार  छैनन्, कांग्रेसको विकल्प खोज्न थालेको हो कि ? अलिकति गहिरिएर सोच्नुपर्छ,” उनले भने, “कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नुपर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो ।”

उनले सरकारको फाइदा माओवादी केन्द्रले लिए पनि अपजस कांग्रेसले लिनुपरेको बताए ।
“हेरौ न सरकारको फाइदा प्रचण्डले लिए, अपजस हामीतिर,” पौडेलको भनाई थियो, “हामी भन्दा एमाले अगाडि पुग्यो । सत्तामा गएर सत्ताको फाइदा हामीले लिन नसक्ने ? पार्टीको तेह्रौं महाधिवेशनदेखिनै मैले पार्टीमा सबैलाई मिलाएर लिएर जाउँ भनेको हुँ । उपत्यकामा हाम्रा भोट (४३,००० साझा पार्टी र विवेकशीलले पाएकोले ) कांग्रेसको विकल्प खोज्दै अन्य पार्टीमा गयो । यो गम्भीर चिन्ताको विषय हो । नेपाली कांग्रेस एकमात्र सही पार्टी हो भन्ने सन्देश जनतालाई दिनुपर्नेछ ।”

Global Ime bank

उनले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ठुलो छाती बनाउन देउवालाई सुझाव दिए ।

“पार्टी सभापतिले अब पार्टीलाई एक बनाएर लैजाने हो भने उहाँले ठूलो छाती बनाएर अगाडि बढ्नुपर्दछ । सिंगो काँग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपाईबाटै शुरु हुनुपर्दछ । एउटा ठोस सन्देश जनतालाई दिन आवश्यक छ । यही परम्परागत शैलीमा सरकार बन्ने, फेरिने हो भने मलाई केही भन्नु छैन,” उनको भनाई थियो । 

“आगामी दिन अत्यन्त कठिन छन् । हाम्रा बाटा अत्यन्त कठिन छन् । यस्तो अवस्थामा सरकार गठन, पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ । सरकार कसरी बन्दछ । म पार्टीकै बारेमा चिन्तित छु । यस्तो अवस्थामा अब पार्टीभित्रको कार्यसञ्चालन, सरकार सञ्चालन, पार्टीका  विभिन्न निकायहरु गठन, कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो, कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिड्ने हो यो एउटा व्यवहारिक पक्ष छ । यसपछि हामीले के गर्छौ, जनतालाई के सन्देश दिने हो ? धेरै प्रश्नहरु छन्,” उनले भने, “यो बेलामा जनतालाई विश्वास दिलाउने भनेको त्याग देखाउनुपर्छ । त्यागको समय हो यो । दलको नेता आफै हुनुहुन्छ । बहुमत पनि छ । प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ । अब त्यस्तो अवस्थामा तपाईले त्याग गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन । तपाई त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु । कसै न कसैले त्याग गरेर देखाउनु प¥यो । नेपाली कांग्रेसभित्र एउटा डेमोक्रेटिक अल्टरनेटिभ नेतृत्व पार्टीभित्र छ भन्ने देखाउनुपर्यो ।”

उनले कांग्रेसभित्र सामान्य उपचारले नहुने रोग लागिसकेको पनि टिप्पणी गरे ।

“कांग्रेस भित्र सामान्य उपचारले नहुने रोग लागि सकेको छ । शल्यक्रिया गर्नुनै पर्ने भएको छ । मेरा विकनेस ( कमजोरी ) भनेको कांग्रेस हो । सधैभरि मैले बरु आफूलाई जोखिममा राखेको छु, पार्टी र प्रजातन्त्रलाई जोखिममा पर्न दिएको छैन,” पौडेलले भने, “अव काँग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिडाउँने कि नहिडाउँने ? पार्टीभित्र गतिशिलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जागर पैदा गराउने । के गरी जनतामा आशा र भरोसा जगाउने ? पहिलो चरणको निर्वाचनले राम्रो सन्देश दिएन । दोस्रो पनि राम्रो हुन नसके के हाल होला ? विचार गरौ, सोचौ र अघि बढौ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC