site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भरतपुर महानगरमा राति १२ बजेदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता निषेधाज्ञा जारी गरिने भएको छ । 

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण,  उपचार, व्यवस्थापनका लागि शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि  निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरभित्र कोरोना  तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै  निषेधाज्ञाको आह्वान गरिएको उनले  जानकारी दिइन् । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी  निषेधाज्ञा गरिनेछ”, उनले भनिन्, “जो जहाँ छ त्यही रहने गरी  निषेधाज्ञा गरिँदैछ ।” महामारीबाट बच्नका लागि  निषेधाज्ञा बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताइन् ।

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी  निषेधाज्ञा जारी गरिएको हो ।

Global Ime bank

महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । 

महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उनले बताए । समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC