सिँगारिँदै रानीपोखरी ! (फोटो फिचर)

सिँगारिँदै रानीपोखरी ! (फोटो फिचर)

काठमाडौं । मल्लकालीन रानीपोखरी पुनर्निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको छ ।

करिब तीन सय ५० वर्ष पुरानो इतिहास बोकेको सुन्दर रानीपोखरी भूकम्प गएको पाँचौं वर्षपछि पुरानै स्वरुपमा फर्किएको हो । यतिबेला रानीपोखरी पुनर्निर्माणको काम सकिए पनि परिसरभित्र दुबो लगाउने, पोखरीको बीच भागमा रहेको मन्दिरका बाहिरी-भित्री पर्खालहरुलाई रंगाउने, विद्युत् लाइन जडान गर्ने तथा सरसफाइका साथै पानी भर्ने काम भइरहेको छ । 

पोखरी निर्माणका सुपरभाइजर देवरत्‍न महर्जनका अनुसार मल्लकालीनशैलीमा निर्माण भएको रानीपोखरी पुनर्निर्माणको कार्य सम्पन्‍न हुँदा करिब १६ करोडको हाराहारीमा खर्च हुने अनुमान छ । पुनर्निर्माणसँगै अहिले रानीपोखरी मनमोहक देखिएको छ । हेरौं थप तस्बिर :

हरिशजंग क्षेत्री

प्रतिकृया दिनुहोस
ad