site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यातायात खुलेसँगै उपत्यकाभित्र आउजाउमा सहज
Ghorahi CementGhorahi Cement

काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालनमा आएका छन् । सरकारले गरेको निर्णयअनुसार लामो, मध्यम र छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् । यसअघि यातायात व्यावसायीले पनि असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए ।

लामो दूरीमा सवारीसाधन सञ्चालन गर्दा एक पंक्तिमा रहेको सिटमा एकजना मात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । सिट क्षमताको ५० प्रतिशत मात्रै सिटमा यात्रु राख्न पाइनेछ । यस्तै काठमाडौं उपत्यकामा पनि अब आउजाउमा सहज भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार सरकारको निर्णयअनुसार यातायात खुलेपछि आफूहरुले त्यसैअनुसारको सुरक्षा व्यवस्था सक्रिय पारेको बताए । उनले भने, “काठमाडौं भित्रिने र बाहिरीको सवारीले सरकारले तोकेको मापदण्ड पूरा गरेको छ कि छैन हेर्छौं । सार्वजनिकबाहेक निजी सवारीसाधन पनि आउन/जान पाउनेछन् । तर मापदण्डविपरीत पाइए कारबाही गर्छौं ।”

Agni Group

उनका अनुसार साँझबाट लामो दूरीका सवारीसाधन काठमाडौं प्रवेश गर्ने सम्भावना छ । उनले भने, “आजबाटै सवारीसाधन नियमित भएका छन् । त्यसमाथि विश्वकर्मा पूजा गरेर सवारीसाधन चल्छन् । साँझबाट उपत्यकामा सवारी चाप बढ्नसक्छ ।”

Global Ime bank

तर बिहानैदेखि नागढुंगा, साँगालगायत काठमाडौं भित्रिने नाकामा विगतभन्दा चहलपहल बढेको छ । सरकारको निर्णयसँगै मोटरसाइल, निजी जिप, साना ठूला सबै प्रकारका सवारीलाई सहज भएको छ ।

यसअघि नै काठमाडौंमा उपत्यका प्रवेश गर्नेसँग पीसीआर रिपोर्ट माग्‍ने नियम हटिसकेकाले केही दिन उपत्यकामा भित्रिनेको संख्या बढी हुनसक्ने प्रहरी अनुमान छ । तर असोज २० गतेपछि भने फेरि दसैंका लागि उपत्यका छाड्नेहरुको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ । 

तर कोरोना महामारीका कारण लकडाउनअघि र लकडाउनकै बीचमा हजारौं विद्यार्थीले उपत्यका छाडिसकेकाले विगतको जस्तो चाप हुने सम्भावना कम रहेको प्रहरी अनुमान छ ।

फाइल तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC