site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
केरुङबाट दैनिक ६० किलो सुन तस्करी ! यसकारण मुख खोल्दैनन् भरिया
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाललाई चीनसँग जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका एक दशकसम्म सुन तस्करीको मुख्य नाका बन्यो । चीनबाट नेपाल भित्रिने कन्टेनर तथा भरियाको सहायतामा भन्सार छल्दै तस्करहरुले हजारौं किलो सुन नेपाल भित्र्याए । भन्सार छलेर ल्याएको सुनबाट प्रतिकिलो ३ देखि ५ लाख रुपैयाँसम्म फाइदा हुने भएका कारण तातोपानी नाका सुन तस्करीको मुख्य केन्द्रबिन्दु नै बन्यो । 

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भने तातोपानी नाका बन्द हुन पुग्यो । अनि सुन तस्करहरु सरे रसुवाको केरुङ नाकातिर । तातोपानीमा चल्ने कन्टेनर र व्यापारीहरु पनि उतै लागे । चीनबाट सामान ओसार्ने करिब ४० प्रतिशत कन्टेनर र ३० प्रतिशत व्यापारी भन्सार छलीको सुन ओसारेकै भरमा टिकेको बताइन्छ । सुन बोक्ने भरिया बेला बेला पक्राउ पनि पर्छन् तर उनीहरु प्रहरीसामु मुख खोल्दैनन् । तीन पटक भन्सार छलीको सुन बोकेका सिन्धुपाल्चोकका एक भरिया भन्छन्, “पक्राउ परे पनि अरुकै सुन हुन्छ, कुरा मिलाउने साहु हुन्छ । बाहिर गाडी चलाएको र भारी बोकेको भन्दा तीन गुना पैसा जेलमा बसेर पनि पाइन्छ, अनि किन खोल्ने मुख ?” उनका अनुसार पक्राउ परेपछि सुन कसको भन्ने बारेमा मुख बन्द राख्ने हो भने घरमा पैसा पुग्छ । 

उच्चस्रोतका अनुसार अहिले दैनिक ६० किलोभन्दा बढी भन्सार छलीको सुन केरुङ नाकाबाट भित्रिने गरेको अनुमान छ । “दैनिक सयौं कन्टेनर केरुङबाट काठमाडौं हिँडेका हुन्छन् । तीमध्ये ४० प्रतिशतमा भन्सार छलीको सुन लुकाएरै ल्याइएको  हुन्छ तर प्रहरीले सुइँकोसमेत पाउँदैन,” स्रोत भन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रसुवा स्याफ्रुबेसीका एक कन्टेनर व्यवसायीका अनुसार कन्टेनर व्यवसायीहरुबीच मिलेमतो हुन्छ । “अधिकांश कन्टेनरका साहु मिलेका हुन्छन् । तर कहिलेकाहीँ साहुलाई थाहा नदिएर चालकले सुटुक्क सुन काठमाडौं पुर्याएका पनि हुन्छन् । अधिकांशको काम उस्तै हुन्छ, थाहा पाएर पनि चालकहरुले अरुको सूचना दिँदैनन्, बरु उनीहरुसँग सम्बन्ध बढाउँछन्,” ती व्यवसायीले भने । 

प्रहरी तथ्यांकअनुसार एक वर्षको अवधीमा रसुवाको केरुङ हुँदै आएको सुन रसुवामा मात्रै २० किलोभन्दा बढी बरामद भएको छ भने रसुवाबाटै आएको त्यति नै सुन काठमाडौंबाट बरामद भएको छ । 

Global Ime bank

२०७३ पुस ६ मा प्रहरीले रसुवा गत्लाङका विरेन लामालाई ५ किलो सुनसहित पक्राउ गर्यो । गाडीमा सुन बोकेर काठमाडौं ल्याउने तयारी गरेका बेला उनलाई पक्राउ गरेको थियो ।

त्यसैगरी २०७३ माघ १० मा सिन्धुपाल्चोकको सिम्पालका चक्रबहादुर धमलालाई आधा किलो सुनसहित रसुवाबाटै पक्राउ गर्यो । त्यस्तै २०७३ कै चैत ३ मा रसुवा उत्तरगयाका प्रकाश गैरेका साथबाट ७ किलो सुन बरामद भयो ।

गाडीमा फल्स बटम बनाएर केरुङबाट सुन काठमाडौं ल्याउँदै गरेका बेला उनी पक्राउ परेका थिए । २०७३ जेठ ३० मा रसुवा टिमुरेका काङ तामाङका साथबाट टिमुरेबाट ६ किलो सुन बरामद भएको थियो । त्यसैगरी गएको असार ६ गते २ जनाबाट २ किलो सुन बरामद भयो ।

सन्धुपाल्चोक बाह्रबिसे नगरपाकिला–४ का कृष्ण बहादुर श्रेष्ठ र दिनेश रोक्काले मोटरसाईकलको पेट्रोल ट्याङ्कीमा लुकाएर सुन काठमाडौं ल्याउदै गरेका बेला रसुवामै पक्राउ परेका थिए ।  

“केरुङबाट सुन तस्करी गर्नेका अनेक दाउ हुन्छन्, तस्करीको सुन रोक्न प्रहरी चनाखो भएर लागेको छ,” प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र भन्छन्, “सुन तस्करी रोक्न सुन व्यापारीले पनि सहयोग गर्नुपर्छ, भन्सार छलीको सुनको कारोबार नगरेको भए सुन तस्करी कम हुन्थ्यो ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC