site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘ज्यानमारा’ बन्दै मुग्लिन सडक, यात्रा गर्नै डराउँछन् यात्रु 
Sarbottam CementSarbottam Cement

मुग्लिन । चितवनको नारायणगढदेखि मुग्लिनसम्मको करिब ३४ किलोमिटर सडकमा यात्रा गर्न अहिले जो कोही डराउँछन् । 

जहाज चढ्न नसक्ने, टिकट नपाउने र कुनै विशेष बाध्यता भए मात्रै, नत्र यात्रुहरु बाईरोड या जहाजमै यात्रा गर्न थालका छन् । कारण एउटै हो, गन्तव्यमा पुगिएला की नपुगिएला भन्ने चिन्ता । यात्रा गर्नै परे पनि यात्रुहरु डराईडराई हिँड्छन् । 

कतिबेला पहिरो आउने हो भन्ने चिन्तामै कट्छ मुग्लिन सडक । मुग्लिनबाट छिरेपछि रातमा निद्रा लाग्दैन भने दिनमा भोक हराउँछ । एकजना यात्रु युवराज दवाडी कहिल्यै हिंड्न नपरे जस्तो हुने बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो सडक ज्यानमारा सडक बन्दै गएको छ,” दवाडीले भने, “छिटो सडक निर्माणको काम भ्याउनुपर्यो ।”

\"\"

Global Ime bank

नारायणगढ–मुग्लिन सडक आयोजनाले अहिले यहाँ सडक विस्तारको काम जारी राखेको छ । तर अत्यन्तै सुस्त गतिमा । 

यही बैशाखबाट सक्नुपर्ने निर्माण कार्य आधा मात्रै भएको छ । अझै आधा काम गर्न बाँकी रहेको आयोजनाका ईन्जिनियर शिव खनाल बताउँछन् । भन्छन्, “आगामी पुससम्म म्याद थपिएको छ, त्यो बेलासम्म निर्माण सकिने अवस्था देखिएको छैन ।”
६ वटा निर्माण कम्पनीले यहाँ काम गर्छन् । ३ वटा ब्लक छुट्याएर काम भैरहेको छ । दिउँसो १० देखि ४ बजेसम्म सडक बन्द गरेरै निर्माण हुन्छ । तरपनि प्रगति न्यून छ । 

सडक निर्माण ढिला हुनु, विभिन्न ठाउँमा जोखिम बढ्नु चट्टाने पहाडहरु देखिनु, फसफसे नअडिने माटो र भिरालो पहाड हुनु लगायत यहाँका जोखिमका कारणहरु हुन् । अहिले सबै क्षेत्रमा भित्तो काटिएकाले स्वभाविक रुपमा माथिल्लो भाग झर्छ ।  जोखिम पहिचान गरेर सावधानी नअपनाएको पनि होईन तर त्यसले मात्रै पनि जोखिम रोक्न सकेको छैन ।

शुरुमा २०७२ सालको महाभुकम्पले थिलथियो बनाएको उक्त पहाड, त्यसपछि निर्माणको कामले तिब्रता पाएर भित्तो काटिएपछि जोखिम उच्च भएको दावी गर्छिन, एकजना यात्रु संगिता भट्टराई । प्रायः बाटोमा यात्रा गरिरहेका बेला यहाँ कुनै स्थानमा ढुंगा झरिरहेकै हुने उनी बताउँछिन् ।

\"\"

दुर्घटना पनि बढ्दो 

 

पछिल्लो केही बर्ष यता दुर्घटनाबाट मानविय क्षतिको क्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार उक्त सडकमा एक बर्षमा पहिरो र आफैं अनियन्त्रित भएर दुर्घटनाका २७ वटा घटना भएका छन् । त्यसमा ४४ जनाको मृत्यु भएको छ ।  १९ जना वेपत्ता भएको तथ्यांक छ । 

सबैभन्दा बढी त्यही कालिखोलामा छन् । यहाँको कालिखोला सबैभन्दा बढी जोखिमा छ । कालिखोलामा गएको भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्राबाहक बस अनियन्तित्र भई दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।

शुक्रबार बिहान प्रहरकिो भ्यान पहिरोले बगाएको नजिकै उक्त दुर्घटना भएको छ । सो क्षेत्रमा पटकपटक २ वटा ट्रक समेत दुर्घटनामा परेको ट्राफिक प्रहरी जवान विश्व नेपाल बताउँछन् । फागुन ११ गते पनि एउटा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु र ४ जना घाईते भएको उनी बताउँछन् । जलविरेमा पनि एउटा ट्रक खसेर बेपत्ता भयो । यसले यसरी यो क्षेत्रमा दुर्घटनाको जोखिम भएको देखाउँछन् । 

\"\"

पहिरोको उच्च जोखिम, त्रास उस्तै 

 

चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्दा उक्त सडकको घुमाउनेमा २ जनाको मृत्यु भयो । बा १० प ४८४४ नम्वरको मोटरसाईकलमा रहेका लम्जुङ सुन्दरबजारका रेशमराज रानाको ढुंगामा च्यापिएर मृत्यु भयो ।

ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सहचालक भारतका २५ वर्षिय विनय कुमार कोईरीको सोही ठाउँमा पुरिएर ज्यान गयो ।

अन्य पाँच वटा सवारी क्षती भए । त्यसपछि शुक्रबार बिहानको यो अर्काे ठुलो घटना हो । पहिरो खस्ने क्रम भने हप्तैपिच्छे हुने गरेको छ । यात्रुहरुले पाउने सास्ती भने दैनिक नै भएको चितवनका प्रहरी प्रमुख दिपक थापा बताउँछन् । 

शुक्रबार कालिखोलामा पहिरोसँगै ट्रक र प्रहरीको भ्यान बग्दा २ प्रहरीको मृत्यु भएको छ भने २ प्रहरी र भ्यान बेपत्ता छ । ट्रक भिरमा अड्किएको अवस्थामा छ ।
उनले यस्ता जोखिमहरु पहिचान गरेर ठुलोसाबधानी अपनाउने गरिए पनि कतिबेला घटना भैरहेको गरेको बताउँछन् ।

\"\"

यसरी भएको थियो घटना 

 

बिहीबार पौने दश बजे बजे ईच्छाकामना गाउँपालिका ६ को चारकिलोमा पहिरो गयो । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक निश्चल तामाङको नेतृत्वमा बाटो खुलाउन प्रहरी गए । उनीहरुले एकतर्फी बाटो खुलाएर फर्किँदै थिए ।

राती १ बजेर ५ मिनेटको समयमा कालीखोला भिषण पहिरो खस्यो । ईलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको गाडी ४ प्रहरीसहित बग्यो । सँगै मुग्लिनतर्फ गैरहेको  ना ५ ख ७८२७ नम्बरको ट्रक पनि सँगसँगै बग्यो ।

धादिङ खनियाबास गाउँपालिका ४ का २९  वर्षीय प्रहरी सहायक निरिक्षक निश्चल  तामाङ र बारा हरैया ६ का ३० वर्षीय प्रहरी जवान तथा गाडी चालक दिपक मास्के मृत भेटिए । 

गोर्खा मकैसिंह १ का प्रहरी जवान लिलबहादुर चेपाङ र तनहु घर भएका २१ वर्षीय प्रहरी जवान सन्दिप कार्की बेपत्ता छन् । उक्त ट्रकका चालक र सहचालकलाई उद्धार गरि उपचारको लागि पठाईएको प्रहरीले जनाएको छ । यसपटक भने नयाँ स्थानमा पहिरो खसेको ईन्जिनियर खनाल बताउँछन् ।

\"\"

मुग्लिन–नारायणगढ सडक फेरि बन्द, ४ ठाउँमा पहिरो 

चितवन  । गएरातिदेखि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले बन्द हुन पुगेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत विभिन्न ४ स्थानमा पहिरो खसेर बन्द हुन पुगेको हो ।
ईच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने कालिखोला , २ किलो, ४ किलो र खहरेमा पहिरो खसेको चितवन प्रहरीले जनाएको छ ।
राती ९ बजे खसेको पहिरो अझै खुलन सकेको छैन । बिहान साढे ४ बजेखि पहिरो पन्छाउन थालिएको छ । रातभर बर्षा र पहिरो खस्ने क्रम देखिएकाले पहिरो हटाउन जान सकिएन ।
प्रहरीले अहिले बैकल्पिक सडक प्रयोग गर्ने भनेको छ । यसअघि शुक्रबारको पहिरोले कालिखोलामा एउटा ट्रकसहित प्रहरीको भ्यान बगाएको थियो । जसमा २ प्रहरी मृत भेटिएका थिए भने २ प्रहरी वेपत्ता छन् । प्रहरीको भ्यान पनि बेपत्ता नै छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ११, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC