site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धरानमा कांग्रेसको विकल्प छैन
Ghorahi CementGhorahi Cement

पूर्वको सुन्दर नगरी धरान यतिबेला स्थानीय तहको निर्वाचनमा व्यस्त छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीलाई भोट माग्न व्यस्त छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको धरानमा कांग्रेस–एमाले एकअर्कालाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्छन् । त्यसैले उनीहरु अहिले सकेसम्म एकले अर्कोलाई खुइल्याइरहेका छन् । यसै सन्दर्भमा धरान उपमहानगरपालिकाको चुनावी सरगर्मीका विषयमा कांगे्रसका तर्फबाट मेयरका उमेदवार तिलक राईसँग बाह्रखरीका लागि नरेश फुयाँलनवराज विष्टले गरेको कुराकानी  :

चुनावी प्रचारमा कुन क्षेत्रलाई बढी जोड दिइरहनु भएको छ ?
धरान उपमहानगरपालिकामा पछि थपिएका गाविस, दुर्गम क्षेत्र र सुकुम्बासी क्षेत्रमा चुनाव प्रचारमा गइसकें । सबै वडामा जाँदैछु । 

घरदैलोमा पुग्ने प्रचारको शैली पुरानै छ है अझै पनि ?
हामीले पहिला घोषणापत्र तयार गर्यौं । कोणसभा र घर दैलोमा पुगेर भोट मागिरहेका छौं र सञ्चारमाध्यमको प्रयोग पनि गरिरहेका छौं । 

Agni Group

हामीले जति आधुनिक विकासको कुरा गरेपनि चुनावप्रचारको शैली भने किन फेरिएन ?
केही हदसम्म फेरिएको छ । सञ्चारमाध्यमबाट भोट माग्न थालिएको छ । तर, अझै पनि नमस्ते गर्दै घरदैलोमा नै जानुपर्ने अवस्था छ । समाजको चेतनाको स्तर र उमेदवारमा चेतनाको स्तर कम हुनु, सबै मतदाताले सञ्चारमाध्यम उपभोग गर्न नसक्नु तथा दैनिक रोजीरोटीममा अधिकांश जाने भएकाले पनि घरमै पुग्नुपर्ने अवस्था छ ।

जनताले कांग्रेसलाई कत्तिको विश्वास गर्ने देख्नुभयो मतदाताको घरमा पुग्दा ? 
एकदम राम्रो छ कांग्रेसप्रति जनताको विश्वास र भरोसा ।

Global Ime bank

कसरी ?
हिजो वि.सं २०६४ सालको आन्दोलनमा धरान घुम्दा जस्तो थियो आज पनि त्यस्तै छ । जति विकास भएको त्यो जनताले आफ्नो पैसा हालेर बनेको हो । यहाँ पक्की घर त बने तर चेतनाको विकास भएको छैन भन्नेहरु धेरैछन् । संस्कार, संस्कृति र विकास बढाउने काम जनप्रतिनिधिले गर्नुपर्ने हो तर गरेनन् । काम नगरेको भन्दै जनताले असन्तुष्टि देखाए । 

कोप्रति जनताले भरोसा गरेका छन् त अहिले ?
नयाँ वैकल्पिक शक्ति जसले काम गर्न सक्छ । जसले नगरबासीमा माग र मुद्दालाई सम्बोधन गर्छ उसैलाई भोट दिने भनेर भनिरहेको अवस्था छ । र, जनताको भरोसा गर्न लायक पार्टी यतिबेला मतदाताले कांग्रेसलाई मानेका छन् । 

के छन् त्यस्ता एजेण्डा जसका कारण मतदाताले कांग्रेसलाई विश्वास गरुन् ?
मुख्य कुरा भनेकै सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौतिक विकास नै हो । शिक्षा, स्वास्थ्य, रोजगारी  यसमै पर्छ । ७० प्रतिशत भन्दा धेरै यहाँका घरबाट मान्छे विदेश गएका छन् । त्यहाँबाट आएको पैसाले बनेको हो धरान । तर, यहाँको नगरापालिका र जनप्रतिनिधिले काम गरेनन् । त्यसैले जनतामा अविश्वास छ यस अगाडि जितेका दलप्रति ।

जनताका घरदैलोमा पुग्दा तपाइँहरुले अघि सारेका मुद्दा र जनताका चाहना मिल्दारहेछन् ?
हामीले ठूलो कुरा गरेकै छैन । एयरपोर्टको कुरा गरेका छौं । सम्भाव्यता अध्ययन गरेर काम अगाडि बढाउनुपर्छ भनिरहेका छौं । 

काम गर्नुपर्छ मात्रै भन्ने तर ठोस काम त गर्नुभएको छैन रछ ? 
यहाँबाट हामी संसद्मा पुगेका छैनौं । नगरमा जितेका छैनौं । काम गर्न अवसर हामीले पाएका छैनौं । हाम्रो सरकार बन्दा र जीवनबहादुर शाही मन्त्री हुँदा एयरपोर्ट निर्माणका लागि २ करोड रुपैयाँ छुट्यायौं । तर एमालेले भीम आचार्य मन्त्री हुँदा पनि बजेट छुट्याउन लागेका थियौं भनेर भनिरहेका छन् । ९ महिनासम्म त सरकारमै थिए । के हेरेर बसे उनीहरुले ?

अरु मुख्य मुद्दा के हुन् धरानका ?
बसपार्क, खानेपानी, पर्यटन, धार्मिक मठमन्दिर, साकेला, मागिम, गुम्बा, सुकुम्बासी समस्याको समाधान । धरानलाई बीचबाट चिरेर लैजाने हाइवेको कुरा छ, बीपी प्रतिष्ठान व्यवस्थित गर्दै जाने लगायतका धेरै कुरा छन् । यी मृद्दा हाम्रा हुन् । 

यिनै मुद्दा एमाले र माओवादी केन्द्रले पनि उठाएर भोट मागिरहेको छ । जनतालाई सास्ती हुने भयो है कसलाई छान्ने भनेर ? 
कांग्रेसलाई छान्नुको विकल्प नदेखिएको त प्रष्टै छ । सात वटा मध्ये ४ वटा एमालेले जित्यो, एउटा माओवादीले जितेको थियो । दुईटा स्थानीय निकायमा एमालेले जितेको थियो । के हेरेर बस्यो त्यति धेरै अवसर आउँदा पनि एमाले ? बहुजातीय, बहुसांस्कृतिक सहर भनेर धरानलाई भनिएको छ तर त्यही अनुसारको काम त भएको छैन । त्यसैले अब नेपाली कांग्रेसको विकल्प छैन । 

तपाइँ राई समुदायको व्यक्ति । जातीय आधारमा पनि मलाई भोट आउँछ भन्न खोज्नु भएको हो ?
यहाँ एमालेको भोट ९÷१० हजार हो । कांग्रेसको पनि त्यही ९÷१० हजार भोट हो । माओवादीको ६÷७ हजार भोट छ । अरु बाँकी उताउता जाने भोट हो । यो भोट व्यक्ति र समुदाय हेरेर जाने भोट हो । 

एमाले र कांग्रेसका मतदाता बराबरी छन् भन्नुभयो । नयाँ पार्टी र व्यक्तिले भोट चोर्ने डेमोक्र्याटिककै हो । यसको मतलब तपाईँहरुलाई आउने भोट अरु पार्टीमा जाने सम्भावना देखिँदा अवस्था कमजोर देखिएको हो ?
यो भोट न्युट्रल भोट हो । यो व्यक्ति हेरेर, काम गर्न सक्ने मान्छे र समुदाय हेरेर जाने भोट हो । उमेदवारलाई जाने हो । अहिले नै यसै भन्न सकिँदैन ।

म नै उपयुक्त उमेदवार हुँ धरानको भनेर दोहोर्याइरहँदा  के कारण तपाइँलाई नै भोट दिनुपर्ने मतदाताले ? 
नयाँ पुस्ता आइसक्यो । मान्छेले नयाँ वैकल्पिक कुरा खोज्छ । म यहाँ जन्मिए, हुर्किएँ । विभिन्न सामाजिक संघसंस्थामा काम गरें । यहाँको समस्या र समाधानका उपाय मसँग छन् । नेविसंघ, तरुण दल हुँदै, जेल पर्दै स्थापित हुँदै आएको, चुनाव लडिसकेको म स्थापित मान्छे हुँ । 

केन्द्रमा पहुँच भएको स्थापित मान्छे हुनुहुँदोरहेछ । इच्छाशक्ति भएको भए धरानका लागि विकासे कार्यक्रम र योजना ल्याउन सक्नुहुन्थ्यो होला नि, किन नगर्नुभएको ?
धरानमा केन्द्रिय नेतृत्व खड्किएकै छ । सबै दलमा धरानलाइ हेर्ने केन्द्रिय नेतृत्वको खडेरी छ । मिनबहादुर विश्वकर्मा नेतृत्वमा भएका बेला हामीले धेरै काम गरेका छौं । एयरपार्ट, खानेपानी, बसपार्क, हाइवेका सवालमा केही कामको सुरुआत भएको छ । सुकुम्बासीमा जनता आवासको कार्यक्रम, हाइवेलाई वाइपास गर्ने कार्यक्रममा  सहयोग भइरहेको छ । हाम्रो पहुँच अनुसार काम भइरहेको छ । एमालेले हरेक पटक संसदीय निर्वाचन जितिरहेको छ । क्षेत्र विकास कोषमा ४० लाखबाट ३ करोड नेपाली कांग्रेसको पालाको सरकारमा भएको हो । एमालेले त यस्तो काम गर्न सकेको छैन । धरानबासीलाई एमालेले ठगिरहेको छ । उहाँहरु भ्रममा हुनुहुन्छ । धरानमा हामी हारेकाले सोच अनुसारको काम गर्न सकेका छैनौं । हामीले जित्यौं भने हाम्रो पहुँच पनि हुन्छ र योजना पनि ल्याउने छौं । 

तपाइँले जित्नु भयो भने ५ वर्षपछिको धरान कस्तो हुनेछ ? 
यहाँ मास्टर प्लानअनुसार काम हुनेछ । केन्द्रमा बजेट माग्न गयो भने कुनै योजना छैन । नाप नक्सा छैन । त्यसैले एउटा मास्टर प्लान अनुसार काम गर्ने छौं । सडक खानेपानी, भवन आचारसंहिता लागु गर्नेछौं । आर्थिक उन्नती गर्नेछौं । तरकारी भाउ एमालेका कारण बढिरहेको छ । तीनकुनेमा ढाट लगाएर बसेर जबरजस्ती प्रत्यक ट्रकबाट पैसा असुलिरहेको छ । त्यो हटाएर तरकारीको भाउ नियन्त्रण गर्नेछौं । 

तरकारीको भाउ नियन्त्रण गर्न मेयर नै हुनुपर्छ ?
मेयरसँग एउटा संयन्त्र हुन्छ । त्यसको निर्णय र निर्देशनका आधारमा काम हुन्छ । अहिले मैले चाहँदैमा त हुँदैन नि । 

धरानमा जितका लागि कांग्रेसको चुनौती केके हुन् ? 

अहिले कांग्रेसप्रति रहेको विश्वास र सद्भाव १४ गतेसम्म राख्नु नै हाम्रो मुख्य चुनौती हो ।  

किन आफ्ना मतदाताप्रति नै विश्वास नभएको ?
एमाले बाठो छ । अनेक हथकन्डा अपनाउँछ । भर्खरै मात्रै टेम्पो व्यवसायीले कांग्रेसको पक्षमा र्याली गरिरहेको छ । एमालेले कांग्रेसले गरायो भनेर एमालेले आरोप लगाइरहेको छ । स्वतस्फूर्त रुपमा कसैले हामीलाई समर्थन गर्दा केको टाउको दुखाई उसलाई ? 

धरानमा आरोपप्रत्यारोपको राजनीति मजैले चलिरहेको छ हैन ?
हामीले कसैलाई आरोप लगाएका छैनौं । हामीलाई एमालेले लगाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ११, २०७४  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC