site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
जुत्ता किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जुत्ता बाहिरबाट हेरेर मात्र राम्रो भएर हुँदैन, लगाउन पनि सहज हुनु पर्दछ । खुट्टामा सजिलो जुत्ता लगाएन भने टाउको सम्म पीडा हुनसक्छ । त्यसैले जुत्ता छान्दा धेरै कुरामा ध्यान दिनु पर्दछ । सबैभन्दा पहिले कस्तो जुत्ता सजिलो भनेर थाहा पाउनु जरुरी हुन्छ । यसका लागि एउटा सेतो कागजमा उभिएर आफ्नो पैतालाको वरिपरि कोरौं । पैतालाको चित्र तयार भयो अब अर्को खुट्टाको पनि चित्र निकालौं । यो चित्रमाथि आफूसँग भएका जुत्ता पालैपालो राखौं । अधिकांश मानिसको हकमा सबैभन्दा सजिलो जुत्ता जुन लाग्दछ त्यसको आकार र पैतालाको आकार हेर्दा उस्तै हुन्छ । अर्थात्, जस्तो प्रकारको पैताला छ त्यस्तै आकारको पाउपोस किन्नु बुद्धिमानी हुन्छ ।
 
अब, कस्तो जुत्ता आफ्नो खुट्टालाई ठिक हुँदैन त्यो पनि आफूसँग भएकै जुत्ता हेरेर पत्तो लाग्दछ । महिलाको हकमा हाई हिल र अगाडी निक्कै च्यापिएको जुत्ता असहज हुन्छ । त्यस्तो असहज जुत्ताको बुढी औंलाको स्थान आफ्नो बुढी औला भन्दा ठूलो छ कि सानो छ, त्यो विचार गरौं । अब अप्ठ्यारा जुत्ताको ठाउँमा नयाँ जुत्ता किन्ने विचार छ भने तलका उपाय काम लाग्न सक्छन् ः

१. जुत्ता साँझको समयमा किन्न ठिक हुन्छ किनभने दिउँसो हिंडाई र गर्मीले गर्दा खुट्टा अलिकति सुन्निएको हुनसक्छ ।

२. जुत्ता किन्न जाँदा आफूले साधारणतया जस्तो प्रकारको र जति बाक्लो मोजा लगाउने गरिन्छ त्यही मोजा लगाएर जानु उपयुक्त हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

३. जुत्ता पसलेलाई आफ्ना दुवै पैतालाको नाप लिन लगाउनुहोस् । मान्छे अनुसार कसैको दाहिने वा देब्रे खुट्टा अलि ठूलो हुनसक्छ । जुत्ता किन्दा जहिलेपनि ठूलो खुट्टालाई ठिक हुने साइज लिनु पर्दछ ।

४. जुत्ता लगाएर उभिंदा बुढी औंलाभन्दा चौथाई ईन्च वा आधा ईन्च जुत्ता ठूलो हुँदा लगाउन सजिलो हुन्छ ।

Global Ime bank

५. अब अलि अलि हिंडेर हेर्नु पर्दछ । कुकुच्चाको मुनी अर्थात जुन भागलाई पैतालाको हिल भनिन्छ त्यसले जुत्तालाई थिच्दा सहज र आनन्द लाग्छ कि अलि घोचेजस्तो लाग्छ ? जुत्ता हिंडदा अलि खुस्केला जस्तो हुन्छ कि ? कुनैपनि जुत्ता किन्दा पहिल्यै सजिलो र सहज किन्नु पर्दछ पछि जुत्ता तन्किएर ठूलो हुन्छ भनेर कहिल्यै अलि सानो जुत्ता किन्ने गल्ती गर्नु हुँदैन ।

६. कुन साइजको आफ्नो अरु जुत्ता हो त्यही अनुसार जुत्ता किनेर हिंडनु हुँदैन । कतिपय अवस्थामा साइज मिलेपनि जुत्ता मिल्दैन । त्यसैले लगाउँदा सहज, उभिंदा सजिलो, हिंडदा नफुस्कने र लचिलो हुनु पर्दछ । अनि विज्ञापनमा जति सजिलो भनेर हल्ला गरेपनि जुत्ताको विषयमा अन्तिम न्यायाधीस जुत्ता लगाउने मान्छेनै हुन्छ ।

७. जुत्ताको भित्री भागमा पनि हातले छामेर जाँच गर्नु पर्दछ । कुनै कुनै जुत्तामा ट्याग राखेको हुन्छ, त्यसले हिंडन अप्ठेरो पार्न सक्छ । त्यस्तै जुत्ताको भित्री भाग कडा र खुट्टालाई घोच्ने पनि हुन सक्दछ ।

८. अन्तमा जुत्तालाई उल्टाएर त्यसको सोल अथवा तलुवा हेरौं । सोल कहिलेकाहीं साह््रै नरम भएर हलि चुच्चो ढुंगालेनै काट्न सक्ने हुन्छ, त्यस्तो जुत्ता सजिलो भएपनि धेरै टिक्दैन । अनि जुत्ता लगाएर हिंडदा कार्पेटमा र कडा भुईं दुवैतिर हिंडेर हेरेर विचार गर्नु पर्दछ ।
 
सौजन्यः हार्वर्ड हेल्थ पब्लिकेशन्स, हार्वर्ड मेडिकल स्कूल


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  ०२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC