काठमाडौं । रजनीकान्त–अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ को प्रमोशनका लागि चलचित्र निर्माताले नयाँनयाँ तरिकाको खोजी गरिरहेका छन् । अब यो चलचित्रको प्रमोशन विश्वभर ‘हट एयर बेलुन’ का माध्यमद्वारा हुनेछ ।
चलचित्रको प्रचारका लागि रजनीकान्त र अक्षय कुमारको भव्य तस्बिरयुक्त यो बेलुन विश्वभर पुर्याइने छ । आजतकका अनुसार लाइका प्रोडक्शन्सका क्रियटिभ हेड राजु महालिंगमले भने, “हामी विश्वभरमा हुने बढीभन्दा बढी बेलुन उत्सवमा १०० फुट लामो हट एयर बेलुन लाने योजना भइरहेको छ । यो चलचित्रलाई हलिउडको स्तरमा बनेको चलचित्रका रूपमा हेरिरहेका छौ,” यसैकारणले हामीले लसएन्जल्समा हलिउड साइनबोर्डसँगै बेलुनलाई बाँध्न योजना बनाएका छौ ।”
प्रचारका लागि बेलुन कयौ शहर र देशमा लाने निर्माण पक्षको योजना छ । लण्डन, दुबई र अस्ट्रेलियामा बेलुन उडाइनेछ । महालिंगमका अनुसार कयौँ भारतीय शहरमा पनि बेलुन पुर्याइने छ । यसका लागि भारतका चर्चित स्टारले प्रचारको काम गर्ने छन् ।
शंकरद्वारा निर्देशित चलचित्र ‘२.०’ सन् २०१० मा आएको तमिल ब्लकबस्टर ‘एंथिरन’ को रिमेक हो । चलचित्रमा अक्षय भिलेनका रूपमा छन् । त्यस्तै एमी ज्याक्सन मुख्य नायिकाको भूमिकामा छिन् । चलचित्र आगामी वर्ष २५ जनवरीमा रिलिज गरिने बताइएको छ । चलचित्र ४०० करोडको लगानीमा बनेको हो ।