site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'डकुमेन्ट्रीमा अपेक्षित विकास हुन सकेन\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकार तथा लेखक नारायण वाग्लेले नेपालमा डकुमेन्ट्री निर्माणमा अपेक्षित विकास हुन नसेकेको बताएका छन् । डकुमेन्ट्री निर्माणका लागि खुला समाज हुँदाहुँदै पनि उल्लेख्य संख्यामा निर्माण भने हुन नसेकेको उनका भनाइ छ । 

“पाकिस्तान, श्रीलंका जस्ता देशमा नेपालमा जस्तो डकुमेन्ट्री निर्माण गर्ने र प्रदर्शन गर्ने स्वतन्त्र वातावरण छैन र पनि त्यहाँ निर्माण भइरहेको छ,” वाग्ले भन्छन्, “हाम्रोमा विकासे कामका लागि पैसा आए पनि र लगानी भए पनि कलाको यो स्वतन्त्र माध्यम डकुमेन्ट्री निर्माणमा भने लगानी भएको देखिँदैन ।” उनले सरकार तथा गैरसरकारी संस्थाले यो विधामा पनि लगानी गर्नु पर्ने विचार व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूले पनि लेखक तथा पत्रकार भएकाले डुकुमेन्ट्रीमा चासो रहे पनि निर्माणमा भने आँट गर्न नसकेको उनले स्पष्ट पारे । “मैले भिडियोको ट्रेनिङ लिएको पनि हो तर म भिडियोमा दक्ष छु र गर्न सक्छु भन्ने आँट आएन । टेक्निटक। क्यामेराको एङगलमा म विक छु । त्यसैले यो विधामा हात हाल्ने आँट गर्न सकिन ।” 

चलचित्र समीक्षक समाज नेपालको साप्ताहिक प्रस्तुती ‘सन्डे सिनेमा’ मा द्वन्द्वका कारण विस्थापित एक पाकिस्तानी बृद्ध शरणार्थी रहेको शिविरमा पुगेर खिचिएको डकुमेन्ट्री ‘अ वाल्नट ट्री’ को प्रदर्शनपछि बोल्दै पत्रकार वाग्लेले उक्त डकुमेन्ट्रीले पाकिस्तानको समाजिक अवस्थाको चित्रण गरेको बताए । “यो डकुमेन्ट्रीमा केही पावरिफुल दृश्यहरु छन् जसले सबैलाई बोधर हेर्न बाध्य तुल्याउँछ,” उनी भन्छन्, “यो डकुमेन्ट्री पाकिस्तानमा देखाउन दिइदैन । त्यसैले निर्देशकले बाहिर बाहिर देखाएर हिँडिरहेका छन् ।” 

Global Ime bank

‘अ वाल्नट ट्री’ मा द्वन्द्वका कारण विस्थापित भएर शरणार्थी शिविरमा पुगेका एक बृद्ध आफ्नो घर सम्झिरहन्छन् र जीवनको चुनौती मोलेर घर फर्किन चाहन्छन् ।  
‘अ वाल्नट ट्री’ गत वर्ष काठमाडौंमा आयोजित फिल्म साउथ एसियामा उत्कृष्ट भएको यो डकुमेन्ट्री हो । उक्त फिल्म फेस्टिभलमा जुरीमामा वाग्ले पनि थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC