site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोर्खाल्यान्ड हाम्रो चासोको विषय हो र ? 

\"\"विसं २००७ को इन्डियन आइडलको फाइनलमा प्रशान्त तामाङ र अमित पल भिडिरहँदा दार्जिलिङका तामाङका लागि इन्टरनेटबाट भोट दिन काठमाडौँलगायत  नेपालका अधिकांश सहरमा पैसा संकलन गरियो । त्यसबेला नेपाली भाषी तामाङप्रति विश्वभर छरिएका नेपालीले देखाएको सदाशयबाट उनले प्रतियोगिता जिते । भारतीय भए पनि नेपाली भाषी भएकै कारण उनलाई नेपालीले खुलेर सहयोग गरे । नेपाल  र दार्जिलिङबीचको भाषिक र सांस्कृतिक सम्बन्धको उदाहरण थियो त्यो । आज ठीक दस वर्षपछि पुनः नेपाली र नेपाली भाषी भारतीयबीचको सम्बन्ध र भिन्नताको विषय पेचिलो रूपले अगाडि आएको छ  ।

यसको पछाडि भारतमा पटकपटक उठान र बैठान हुँदैगरेको छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलन रहेको छ । आफ्नो मुलुकमा छुट्टै राज्य मागेर आन्दोलन गर्न पाउनु दार्जिलिङवासीको अधिकारको विषय हो । नेपाल र नेपालीका निम्ति यो सरोकारको विषय होइन । कुनै समय नेपालको भूभाग रहेको कारणले नेपालीलाई सो भूमिप्रति चासो रहनु स्वाभाविक भए पनि त्यसपछिका सन्धि, सम्झौता र विकसित भूराजनीतिक अवस्थाका कारणले सो क्षेत्र आज भारतकै भूभाग भएको छ । त्यहाँका जनता पनि भारतीय हुनुमै रमाउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो भए नेपालीले सो आन्दोलन र क्षेत्रको विषयमा किन बेकारमा टाउको दुखाउने भनेर प्रश्न उठ्न सक्छ । निश्चय नै नेपालीलाई भारतमा भइरहेको आन्दोेलनप्रति कुनै लिनुदिनु छैन तर गोर्खाल्यान्ड शब्दको प्रयोगको विषयमा भने सामाजिक सञ्जालमा समेत विभाजन देखिएको छ । 

नेपाली सांगितिक क्षेत्रको निम्ति अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल, विपुल क्षेत्रीलगायतले निकै ठूलो गुन लगाएका छन् । साहित्यिक क्षेत्रमा सूधपा, इन्द्रबहादुर राई, पारिजातलगायतका थुप्रै हस्तीहरु आजीवन लागेकै हुन् । यसरी हेर्दा भूगोलभन्दा माथि उठेर स्थानीयबीच भावनात्मक सम्बन्ध रहेको छ । राजनीतिकरूपले भने अलगअलग दुई राष्ट्रले एक अर्काको आन्तरिक मामिलामा चासोे नदिएकै बेस हुन्छ । नेपाल, भुटान, बङ्गलादेशसँग सीमाना जोडिने भएकाले पनि ‘चिकेन्स नेक’ भनिने यस क्षेत्र निकै नै संवेदनशील भूभाग हो ।

Global Ime bank

त्यसकारण त्यहाँका उत्तारचढावका केही बाछिटा नेपालसम्म आउन सक्छन् । यस परिस्थितिमा नेपालले खेल्न सक्ने भूमिका भनेकै तटस्थ रहनु हो । नेपालीले पनि सामाजिक सञ्जालमा भारतीयहरूसँग तल्लो स्तरमा गिरेर मारमुङ्ग्री गर्नुको कुनै तुक छैन । सिक्किम, दार्जिलिङका भारतीयलाई नेपाली देख्ने तर जनकपुर र वीरगन्जका मधेसीलाई भारतीय देख्ने आँखा भएका दुईचार जनाका लागि भने यो प्रकरण निकै कष्टकर भएको हुनुपर्छ । 

हामीले यसबाट के शिक्षा लिन सक्छौँ भने राष्ट्रियताप्रति कुनै पनि सम्झौता हुन सक्तैन । उनीहरू भारतीय हुनुमा गर्व गर्छन् भने हामीलाई नेपाली हुनुमै गर्व छ । समान भाषा, संस्कृति भए पनि उनीहरू भारतीय नै हुन् र हामी नेपाली नै हौँ । त्यसकारण उनीहरूको आन्तरिक मामिलामा हामी पक्ष या विपक्षमा उभिनु हाम्रै लागि प्रत्युत्पादक हुन सक्छ । बरु हाम्रो सम्पूर्ण जोडबल आउँदै गरेको चुनावसहित अन्य निर्वाचनलाई सफलतामा पु¥याएर मुलुकलाई विकासको बाटोतर्फ लानेमा हुनुपर्छ । यसैमा हामी सबैको भलो छ । 
                                                                                                                                                                        Twitter@bandhunepal
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC