site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपथ्यको आइफोन भिडियो सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  नेपथ्यको २५ वर्षे उत्सवको कोसेली शृंखला स्वरुप आईफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’ मार्फत् श्रोता सामु ल्याएको थियो । 
२००४ मा नेपाल लडाईंको चपेटामा रहेको बेला अमेरिका यात्राको बेला लेखिएको यो गीत ÷ कविताको भिडियो भने नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आईफोनबाट खिचिएको हो । 
“बिदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै ब्यस्त पाएँ । कार्यक्रमको बेला बोल्न खोज्दा सबै नाच्ने गीत मै रमाउन चाहे,” नेपथ्यका अमृत गुरुङले गीतको सृजना गर्भ उघारे । “यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं, मन कुडिन्छ, तर कलाकारको भावना न हो । हाम्रो काम दर्शक श्रोतालाई मनोरन्जन दिने हो, दिनैपर्छ । तर यस्ता कुराले मन बिथोल्छ अनि भावनालाई गीतमा पोख्यो... बस् ,” अमृतले भने । 
“२०१६ को अमेरिका यात्रामा हातको आइफोनबाट लिइएको भिडियो संगाल्दा संगाल्दै ती दृश्यहरू यही गीतको लागि उपयुक्त जस्तो लाग्यो, अनि अमेरिका पुगेपछि केहि झलकहरु खिचें । पछि नेपाल आएर पदम वज्राचार्यसँग सम्पादन गरेर हेर्दा यस्तो भिडियो बन्यो । मोसन ग्राफिक र शब्दहरु टाइटलको रुपमा राख्दा यस्तो दृश्य युक्त लिरीक भिडियो बन्यो,” भिडियो निर्माणबारे नेपालयका किरण श्रेष्ठले भने । “मलाई आइफोन भिडियोको प्रयोग गर्ने मन थियो, यस भिडियो मार्फत जुर्यो,” किरणले प्रष्ट्याए ।
भिडियोमा अमृत, बिभिन्न ठाऊँ भौतारी हिंडेको देखिन्छ । बीचबीचमा उनले आफुले गरेको यात्रा र फोटो मार्फत् देशलाई सम्झन्छन्  । 
यस गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन् । मोसन ग्राफिक र टाइटलिंग कथाहरु संस्थाका सशांक श्रेष्ठको टोलीले गरेको हो । 
नेपथ्यको छैठौं एल्बम प्रकाशित हुंदा नेपालमा माओवादी युद्ध जारी थियो ।  यस एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा उल्लेख गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC