site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धुर्मुस–सुन्तलीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिइने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिने भइको छ । चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरेलाई दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा उक्त पुरस्कारवाट सम्मान गर्न लागिएको हो । पुरस्कार असार १४ गते राजधानीमा प्रदान गर्ने कार्यक्रम छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिामाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । धुर्मुस् सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् ।
मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ । विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा. रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव विचार प्रस्तोताका रूपमा निम्त्याइएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले जेष्ठ २२ गते आफ्नो नयाँ परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्वजनिक गरेको गरिसकेको छ । फाउण्डेशनले निर्माण गर्ने यस परियोजना पूरै नेपालको एक हिस्सा बन्ने बताइएको छ । फाउण्डेशनले अवधारणा सार्बजनिक गरेसँगै एक एनिमेटेड भिडियो समेत सार्वजनिक गरेको थियो । जुन भिडियो अनुसार नै नमुना नेपालको निर्माण गरिने र नेपालमा रहेका सम्पुर्ण जातजातिहरूको आ–आफ्नै सांस्कृतिक प्रतिनिधित्व हुने गरि यस परियोजना निर्माण गरिने फाउण्डेशनले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC