site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेसनल ट्रेडिङमा दैनिक डेढ सय इन्डक्सन चुलो बिक्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेसनल टे«डिङ लिमिटेडबाट अहिले दैनिक करिब डेढ सयको संख्यामा इण्डक्सन चुलो बिक्री भइरहेको छ । भारत सरकारले नाकाबन्दी गरेकोे समयमा एलपी ग्यास अभाव भएपछि चीन सरकारले नेपाललाई अनुदान दिएको उक्त चुलोकोे मूल्य तीन तिहाइ घटाइएपछि अहिल बिक्री भएको हो । 

नाकाबन्दी अवधिमा उक्त चुलोको मूल्य सरकारले ११ हजार ९९५ रुपैयाँ निर्धारण गरेको थियो । चुलोको मूल्य महँगो भएपछि एक सेट बाहेक बिक्री हुन सकेको थिएन । २०७२ मंसिरमा चीन सरकारले स्थलमार्ग हुँदै केरुङ्ग नाकाबाट १३ सय र हवाइमार्गबाट १० हजार इण्डक्सन चुलो नेपाल पठाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चुलोको मूल्य महँगो भएपछि सरकारको आलोचना भएकोे थियो । त्यसपछि पछिल्लो समय संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चुलोको मूल्य घटाएर बिक्री गर्न निर्देशन दिएको थियो । त्यस्तै अर्थ मन्त्रालयले समेत मूल्य घटाउन दिएको स्वीकृतिपछि कम्पनीलाई मूल्य घटाउन बाटो खुलेको थियो । 

कम्पनीको उपत्यकाका बिक्री वितरण व्यवस्था कार्यालय प्रमुख श्याम श्रेष्ठले अहिले कम्पनीले चार हजार रुपैयाँमा इन्डक्सन चुलो र चुलोमा प्रयोग हुने एउटा भाँडो उपलब्ध गराइरहेको बताए । “बिक्री सुरु भएयता दैनिक एकदेखि डेढसयको संख्यामा चुलो बिक्री भइरहेको छ,” उनले भने, “चुलो किन्नका लागि ग्राहकहरु लालायित भएका देखिन्छन् ।”

Global Ime bank

उनका अनुसार चुलो शुक्रबारदेखि बिक्री सुरु भएको हो । मंगलबारसम्ममा ४ सय सेट बिक्री हुने अनुमान कर्मचारीको छ । कम्पनीमा रहेको सबै चुलो बिक्री भइसक्न अझै करिब दुई महिना लाग्ने देखिन्छ । अझै टे«डिङमा ९ हजार ६ सय थान बिक्री हुने क्रममा रहेको उनको भनाइ छ ।

जेठ तेस्रो हप्तामात्रै पनि कम्पनीले ६ दिनको अवधिमा १३ सय इन्डक्सन चुलो बिक्री गरेको थियो । त्यस अवधिमा चुलो खरिद गर्न टे«डिङमा ग्राहकहरुको ठूलै भिड लागेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC