site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलले ल्यायो ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् ।
यो अफर यहि असार १४ (बुधबार) बाट लागु हुनेछ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । 

यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम,  बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १०  मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ ।  

“आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहदै आएको छ । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन संभव बनाउदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

Global Ime bank

यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक चोटि यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न मिल्नेछैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC