site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार धान दिवस, ‘माउ बिनको चल्ला जस्तो’ हुने देखिन्छ । चौधौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७४ मनाइरहँदा कृषि विकास मन्त्रलयका प्रमुख पदाधिकारीहरु महोत्सवमा उपस्थित नहुने देखिएपछि ‘माउ बिनको चल्ला जस्तो’ हुने देखिएको हो । 

विगत १३ वर्षदेखि धान बालीका समग्र पक्षहरुलाई उजागर तथा विकास गर्ने उद्देश्यकासाथ धान दिवस मनाइदै आएको छ । चैधौं धान दिवस भक्तपुरमा मनाउने मन्त्रालय तथा विभागले तय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म पनि देउवा सरकारले कृषि विकास मन्त्री नियुक्ती गर्न सकेको छैन । त्यस्तै मन्त्रालयका सचिव डा. सुरोज पोखरेल, योजना महाशाखा प्रमुख÷प्रवक्ता डा. योगेन्द्रकुमार कार्की, सहसचिव कांशिराज दाहाल, कृषि विभागका महानिर्देशक डिलाराज भण्डारी लगायतको टोली आज (बुधबार) मात्रै वैदेशिक भ्रमणमा निस्किएको छ । 

मन्त्रालयका निमित्त सचिव तथा सहसचिव इश्वरप्रसाद रिजालले जानकारी दिए अनुसार उनीहरु जेनेभा र रोममा हुने जलबायु परिवर्तन सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका  हुन् । “उहाँहरु एक हप्तापछि फर्कने कार्यक्रम छ,” उनले भने । उनका अनुसार टोली पहिले जेनेभा र त्यसपछि रोम जानेछ । विश्व बैंकले सहयोग गरेको जलबायु समुत्थान निर्माण परियोजना अन्तर्गत भ्रमण भएको उनको भनाइ छ । रिजालले भ्रमण वार्षिक कार्यक्रम अन्तर्गत रहेको स्पष्ट पारे । 
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष उद्धव अधिकारीले आम कृषकले हर्सोल्लासपूर्ण मनाउन थालिसकेको धान महोत्सवलाई पछिल्लो समय सरकारले वेवास्था गरेको आरोप लगाए । कृषि विकास मन्त्रालयका कर्मचरीहरु विदेश भ्रमणमा जाँदै ठिक्क भएको टिप्पणी गर्दै उनले कृषि र कृषकप्रति मन्त्रालय अनुत्तरदायी रहेको उनको गुनासो छ । उनले भोली हुने धान दिवससम्बन्धी टिप्पणी गर्दै भने, “मन्त्रालयले धान दिवसको नाटक मञ्चन गर्नभन्दा नगर्न ठिक देखिन्छ,” उनले थपे “किसानहरुप्रति जवाफदेहिता भन्ने पटक्कै छैन ।”

Global Ime bank

धान दिवसको आयोजना गर्दै आएको कृषि विभागको निवर्तमान महानिर्देशक हाल पशुपन्छी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जीसीले अहिलेसम्म मन्त्रालयले धान दिवसको लागि आफूलाई कुनै पनि निम्तो नपठाएको बताए । 

“मेरो पालामा महत्वकासाथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सलाई मनाएका थियौं,” उनले भने । किसानहरुको प्रमुख पर्व रुपमा रहेको उक्त दिवसलाई सरकारले प्राथमिकता दिएर हर्सोल्लासकासाथ मनाउन पर्नेमा उनको जोड छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC