site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोलम्बो । डेङ्गुको प्रकोपका कारण श्रीलङ्कामा पर्यटक आगमनमा कुनै असर नपारेको श्रीलङ्काली एक जना मन्त्रीले जानकारी दिएका छन् । 

श्रीलङ्काली पर्यटक मन्त्री जोन अमरातुङ्गाले भनेका छन्, यहाँ केही समययतादेखि डेङ्गु सङ्क्रमणको प्रकोप त छ तर पनि यसका कारण यहाँ विदेशी पर्यटकको आगमनमा कुनै असर गरेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यो महिना विगतको तुलनामा पर्यटक आगमनमा असर परेको स्वीकार गर्दै उनले भने– पर्यटक घटेका त छन् तर पनि डेङ्गुले गर्दा नभई यो बाढी पहिरोको प्रकोपका कारणले हो । 

अमरातुङ्गाले संवाददाताहरुसँग डेङ्गुको प्रकोप पनि पछिल्लो समयमा नियन्त्रणमा आएको र अब यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नेतर्फ सरकारले काम गरिरहेको उनले बताए ।  

Global Ime bank

यस सङ्क्रमणका कारण श्रीलङ्कामा २१० जनाको ज्यान गइसकेको छ । साथै यसका कारण राजधानी कोलम्बो र यसको आसपासका क्षेत्रका करिब ७० हजार जना बिरामी भएका थिए । 

श्रीलङ्कामा गत वर्ष २० लाख पर्यटक आएका थिए । यस वर्ष यहाँको सरकारले कम्तीमा पनि २५ लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC