site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राभो चम्किँदा चिली फाइनलमा, पोर्चुगल पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दक्षिण अमेरिकी च्याम्पियन चिली रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ  । बुधबार राति भएको पहिलो सेमिफाइनलमा युरोकप विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३ – ० ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । 

रुसको कजानस्थीत कजान एरिनामा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको युरोकप बिजेता पोर्चुगल चुक्दा फाइनलमा पुग्न सफल भयो । यता, चिलीको जितमा  गोलरक्षक  क्लाउडियो ब्राभो नायक बने । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका गोलरक्षक ब्राभोले पोर्चुगलका तीन पेनाल्टी प्रहार उत्कृष्ट बचाउ गर्दै चिलिलाई जित दिलाए ।

पेनाल्टी सुटआउटमा गोलरक्षक ब्राभोले पोर्चुगलका रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहार रोकेका थिए । चिलीका भने तीनै खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । चिलीको जितमा अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेजले पेनाल्टीमा गोल गर्दै टिमलाई उपाधि नजिक पुराए ।
अब चिलीले उपाधिका लागि जमर्नी र मेक्सिकोबिचको विजेतासँग खेल्ने छ । जर्मनी र मेक्सिकोबिचको दोस्रो सेमिफाइनल बिहीबार राति सोचीमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC