site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बुटवल । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् । 

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए । 

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा आज बिहानदेखि मात्र गणना सुरु भएको उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधबार १५ वटा तहमा निर्वाचन भएको थियो । जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधबार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान भोलि शुक्रबार हुने निर्वाचन कार्यालयले जनाएको छ । 

लुम्बिनी  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मईमाई गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकामा गए राति १ बजेबाट मतगणना प्रक्रिया सुरु भएको थियो । 

Global Ime bank

त्यस्तै, रुपन्देहीकै सम्मईमाई गाउँपालिकामा पनि मतगणना जारी छ । राति ११ः३० बजेदेखि सुरु भएको थियो । सम्मइमाई गाउँपालिकामा अहिलेसम्म ९०० मत गणना भइसकेको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए । 

उनका अनुसार ९०० मत गन्दा नेकाले ३५२ सहित अग्रता लिएको छ । सिद्धार्थनगरमा पनि नेका अगाडि रहेको छ । 

खजुरा बाँके : बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ को मतगणना अहिले भइरहेको छ । पछिल्लो ११५ को मतपरिणामअनुसार सङ्घीय समाजवादी फोरमले ४३, नेकाले ३३, नेकपा माओवादी केन्द्र तीन, नेकपा एमाले एक र राप्रपाले दुई मत ल्याएको छ । 

डुडुवा गाउँपालिकामा गएराति २ बजेदेखि मतगणना सुरु भएको छ । जिल्लाका नेपालगन्ज उपमहानगरापलिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, जानकी, बैजनाथ, खजुरा, नरैनापुर गाउँपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । 

रोल्पामा मतगणना सुरु 

यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ । 

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने एक स्थानमा नेकपा ९माओवादी केन्द्र० अगाडि देखिएको छ । नेकाले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा ९माओवादी केन्द्र० माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् । 

जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए । 

बाँकेमा मतगणना 

यसैगरी, बाँकेमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको दुरुवा गाउँपालिकामा आज बिहान २ बजेदेखि मतगणना कार्य सुरु भएको हो भने अन्य सातवटा स्थानीय तहमा बिहान ५ बजेदेखि मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म सर्वपक्षीय बैठक बसिरहेको छ । 

नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वटा वडाको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ । कोहलपुर नगरपालिकाको मतगणना १३ वटा वडाको पिपिरीस्थित कृषि विकास बैंकको तािलम केन्द्रमा हुने भएको छ । 

खजुरा गाउँपालिका र जानकारी गाउँपालिकाको मतगणना खजुरामा हुने भएको छ । राप्ती सोनारी गाउँपालिकाको मतगणना कचनापुरमा हुने भएको छ । 

नरैनापुर गाउँपालिकाको मतगणना नरैनापुरमै हुने भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC