site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१६८ स्थानमा मतगणना सुरु, कुन प्रदेशमा कति ?  
Ghorahi CementGhorahi Cement

काठमाडौं । बुधबार निर्वाचन सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये १ सय ६८ स्थानीय  स्थानको मतगणना शुरु भएको छ ।

निर्वाचन आयोगले दिएको प्रारम्भिक जानकारी अनुसार  प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ ।

Agni Group

हालसम्म मतगणना सार्वजनिक भएका ५६ स्थानको प्रारम्भिक मतपरिणम अनुसार २५ स्थानमा कांग्रेसले अग्रता लिएको छ ।

प्रदेश नं १ मा कांग्रेसले भोजपुर नगरपालिका १७८ मतसहित अग्रता सुरु गरेको छ भने एमाले १०६ मतसहित दोस्रोस्थानमा छ । भोजपुरकै रामप्रसाद राई गाउँपालिकामा एमालेले अग्रता लिएको छ । त्यस्तै एमालेले झापाको कनकाइ नगरपालिकामा २३६ मतसहित अरता लिएको छ भने कांग्रेसले १२३ मत प्राप्त गरेको छ ।

Global Ime bank

तेह्रथुमको लालीगुँरास एमालेले नै अग्रता लिएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेसले ३०६ मतसहित अग्रता लिएको छ भने १७५ मत ल्याएको एमालेले पछ्याइरहेको छ । प्रदेश नं ५ अन्तर्गतको बुटवलमा प्रारम्भिक मतपरिणाममा कांग्रेसले २०२ र एमालेले १३४ मत प्राप्त गरेको छ । प्रदेश ७ अन्तर्गतकोऊ बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसले ७७७ मतसहित अग्रता लिएको छ । एमालेले ५२७ मत ल्याउँदै पछ्याइरहेको छ ।

बाजुराको छेडदह गाउँपालिकामा ६२७ मतसहित एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले ५०५ मत प्राप्त गरेको छ । बाजुराको गौमुल गाउँपालिकामा कांग्रेसले २८३ मत ल्याएको छ भने एमालेले २७९ मत ल्याएको छ । अन्य स्थानमा पनि प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC