site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । 
प्रेस चौतारी नेपाल कास्कीले यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गरे । 
संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उहाँले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राखे । 
सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षडयन्त्र गरेपनि पहिलो र दोस्रो चरणको निर्वाचन सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएकोमा आम मतदातालाई धन्यवाद दिँदै उनले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन नसके अहिलेको संसद् नरहने र संविधान कार्यान्वयन पनि नहुने भएकाले तोकिएकै मितिमा सबै निर्वाचन गर्नेतर्पm सरकारको ध्यानाकर्षण गराए । 
महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले पहिलोको भन्दा राम्रो मतपरिणाम ल्याउने दाबी गरे । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC