site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मेरो यौनिकताबारे खुलेर भन्न सक्दिनँ
Sarbottam CementSarbottam Cement

करण जोहर  विश्वभर परिचित नाम हो । उनी एक सफल भारतीय चलचित्रकर्मी हुन् । विश्वमै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र उत्पादन गर्ने व्यक्तिका रूपमा उनी प्रसिद्ध छन् । प्रतिष्ठित भारतीय राष्ट्रिय पुरस्कारबाट विभूषित छन् । फिल्मफेयर अवार्ड, आइफा, अप्सरा अवार्ड, प्रेसिडेन्ट अनर, स्क्रिन अवार्ड, स्टार स्क्रिन, जी सिने, स्टारडस्टलगायतका दर्जनौं अवार्डबाट कैयौँ पटक सम्मानित भइसकेका छन् ।

उनको आत्मकथा ‘एन अनस्विटेबल ब्वाइ’लाई पाठकले निकै मन पराए । यो पुस्तक रिलिज हुने बित्तिकै ‘बेस्टसेलर’ पनि बन्यो, जसमा उनले आफ्नो जीवनका बारेमा खुलेर लेखेका छन् । यो पुस्तकमा उनले परिवारदेखि साथीसम्मको मित्रता, झगडा र सानातिना घटनालाई उल्लेख गरेका छन् । 

यद्यपि करणले आत्मकथामा आफ्ना बुवा र काकाहरूका बारेमा कोरा कल्पना लेखेको र उनीमाथि आफ्नै परिवारबाटै मुद्दा चलाइन सकिने खबरहरू पनि बाहिर आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतबाट विभिन्न मुलुकमा सम्मानित व्यक्तिका रूपमा उनी आमन्त्रित हुन्छन् । यद्यपि सबै मानिस पूर्ण नहुँदा रहेछन्, उनको कथाले यसै भन्छ । उनीसँग सबथोक छ तर पनि कहीँ केही रित्तो भएजस्तो महसुस गर्छन् । जसोतसो हाँस्न सिकिसकेका करण आफूलाई यही समाजले यौनिकताको मामिलामा ‘पोस्टर ब्वाइ’ बनाएको बताउँछन् । आफ्नै आत्मकथा ‘एन अनस्विटेबल ब्वाइ’मा करण जोहरले लेखेका मुख्य विषय यहाँ उल्लेख गरिएका छन् ः


यौनिकता

Global Ime bank

म यो देशमा होमोसेक्सुआलिटीको पोस्टर ब्वाइ बनेको छु । मान्छेले मेरो बारेमा के भन्छन्, मलाई कुनै फरक पर्दैन । ट्विटरमा मलाई निकै गाली गरिन्छ । दिनहुँ म यस्ता सयौं पोस्ट पढ्छु । जसमा लेखिएको हुन्छ– यहाँबाट निस्किहाल, तैंले हाम्रो देश र समाजलाई फोहोरी बनाउँदैछस् आदि इत्यादि । अब मैले यी सबै कुरामा हाँस्न सिकिसकेको छु । म यसकारण पनि केही बोल्दिनँ किनभने म ‘एफआईआर’को चक्करमा पर्न चाहन्नँ । मसँग जागिर छ, मेरा केही प्रतिबद्धता छन्, मेरो कम्पनीमा धेरै मानिस काम गर्छन्, म धेरै मान्छेको जवाफदेही छु । म अदालतको कठघरामा बस्न चाहन्नँ ।

मेरो यौनिकताबारे लगभग सबैलाई थाहा छ । मैले प्रष्ट रूपमा ती तीन शब्द (म समलिंगी हुँ) भन्न सक्दिनँ किनकि म त्यस्तो समाजमा बस्छु, जहाँ यही भनेकै आधारमा मलाई जेल हुन सक्छ । त्यसैले म ती शब्द कहिल्यै उच्चारण गर्दिनँ, जुन सम्भवतः सबैलाई थाहा छ ।

एउटा एयरपोर्टमा मैले एकजना पुरुषलाई भेटेँ, जो आफ्नी श्रीमती र बच्चाका साथ थिए । उनले मलाई सोधे, “तपाईं होमो हो ?”

मैले उनीतिर हेरेर भनें, “किन ? तपाईंलाई केको चासो ?”

उसले भन्यो, “के ? के ? के ?”

मैले रिसाएर भनें, “के के भन्ने होइन ।”

र, म त्यहाँबाट हिडेँ ।”


पहिलो यौन अनुभव

मैले २६ वर्षको उमेरमा कुमारत्व गुमाएको हुँ । यो न्युयोर्क हुँदाको कुरो हो । मलाई यसबारेमा केही थाहा थिएन र अनुभव पनि थिएन । र, यसबारेमा म निकै पछाडि थिएँ । ठूलो हुनेबित्तिकै मेरो दिमागमा निकै कुरा खेल्न थाले । यौनका विषयमा सोच्दा नै मलाई असाधारण र अचम्म लाग्थ्यो । मलाई केही अनुभव किन हुँदैन भन्ने डर लाग्थ्यो । म केही किन गर्दिनँ भन्ने लाग्थ्यो । म यो विषयमा कोहीसँग कुरा पनि गर्न चाहन्नथें । त्यतिबेला म आफ्नो तौलका विषयमा पनि चिन्तित थिएँ ।

कुछ कुछ होता है’ पछि मैले आफ्नो नाकनक्सामा समय दिन थालें । तौल पनि घटाएँ । ममा केही आत्मविश्वास आयो । त्यसपछि मुलुकबाहिर पहिलो पटक ‘इन्टिमेसी’ भयो ।

पहिलो यौन सम्पर्कका लागि मैले पैसा तिरेको थिएँ । त्यसबाट म सन्तुष्ट भइनँ । पैसा तिरेर सम्बन्ध बनाउँदा कृत्रिमता हुन्छ, त्यसले तपाईंलाई शारीरिक सुख त दिन्छ, मानसिक सुख दिँदैन । मलाई त्यस्तै अनुभव भयो । 


शाहरुखसँगको सम्बन्ध

शाहरुखसँग मेरा राम्रा र नराम्रा दुवै अनुभव रहे । हामीबीचको सम्बन्धलाई लिएर निकै अफवाह फैलिएका छन् । निकै समयसम्म यो हल्ला चल्यो । हामीबीचको सम्बन्ध अरू केही नै छ भन्ने बलिउडमा लख काटियो । यो कुरा सुनेर मलाई निकै चोट प¥यो । मैलै एकदिन एउटा हिन्दी च्यानललाई अन्तर्वार्ता दिइरहेको थिएँ, मलाई शाहरुखका बारे सोधियो, “यो अचम्मको सम्बन्ध छ तपाईंहरूको ।”

उसको कुरा गराइको शैलीबाट मलाई निकै रिस उठ्यो । मैले उसलाई सोधेँ, “यदि तपाईंलाई मैले तपाईंको भाइसँग सुत्नुहुन्छ भनेर सोधेँ भने तपाईंलाई कस्तो लाग्छ ?”

उसले भन्यो, “तपाईंले के भन्न खोज्नुभएको ? तपाईंले मलाई यस्तो प्रश्न कसरी गर्न सक्नुहुन्छ ?”

मैले भनेँ, “तपाईंले मलाई कसरी सोध्न सक्नुहुन्छ ? म र शाहरुखको सम्बन्धमा जति उतारचढाव आए पनि शाहरुख मेरा लागि बाउजस्ता हुन्, दाइजस्ता हुन् ।”

शाहरुख एकदमै संवेदनशील छन् । कतिपय अवस्थामा अरुलाई नै लिएर मैले फिल्म बनाउँदा उनलाई चोट पुगेको हुन सक्छ । यो कुरा उनको व्यवहारले दर्साउँथ्यो । उनी रिसाएका बेला मलाई बाबु या दाइको रूपमा माया गर्दैनथे । त्यसले मलाई चोट पुग्थ्यो । हामी बिनाकारण एक–अर्काबाट ‘हर्ट’ साथी थियौं । पछि ‘पिकु’ सफलताको पार्टीका बेला मनको मैलो सबै पखाल्यौं ।


२५ वर्षे सम्बन्धको अन्त्य

भेट भएदेखि काजोल र म नछुट्टिने साथी भएका थियौं । आफ्नो नजिकका साथीभाइको नाम लिँदा काजोलले मलाई कहिल्यै छुटाइनन्, मैले पनि छुटाइनँ । कुनै बेला उनको उपस्थितिले मलाई ठूलो हौसला मिल्थ्यो । तर, त्यो सबै इतिहास भइसक्यो । काजोल र मेरो सम्बन्ध टुंगिएको छ । उनले हाम्रो २५ वर्षे सम्बन्धका एक–एक भावनात्मक कडी भत्काउँदै लगिन् । त्यसैले अब म उनलाई शरीरको एउटा रौं बराबर पनि माया गर्दिनँ । उनको व्यवहारले मलाई दुःख लागेर होइन, म अब त्यो सबै इतिहास नामेट पार्न चाहन्छु । यो कुरा थाहा पाएर काजोलले एकपटक ‘शक्ड !’ भनेर ट्विट गरेकी थिइन् । त्यतिबेला मैले मेरो तर्फबाट उनीसँगको सम्बन्ध पूर्णरूपमा त्यागिसकेको थिएँ ।


करिनासँग पानीबाराबार

‘कल हो ना हो’भन्दा ठीक अघिको कुरा हो । ‘मुझसे दोस्ती करोगे’ भर्खर रिलिज भएको थियो । मैले बेबो (करिना कपुर)लाई फिल्म अफर गरें । उनले बुवा (यश जोहर) र मसँग ठूलै रकम माग गरिन् । यो कुनै कोणबाट ठीक थिएन । यसले मलाई चोट पु¥यायो । त्यसपछि मैले उनलाई फिल्ममा नलिने निर्णय गरें । हामीबीच केही महिनासम्म बोलचालै भएन । कुनै पनि पार्टीमा हामी बोलेनौं । दुवैले दुवैलाई ‘अभोइड’ ग¥यौं । हामीबीच पानीबाराबारको स्थिति थियो । ९ महिनापछि बुवाको उपचारबारे उनले खबर सुनिछन्, चिन्तित भएर मलाई फोन गरिन् । उनले भनेकी थिइन्, “तिम्रो माया लाग्छ । माफ गर्नू, बीचमा धेरै बोलचाल भएन । नआत्तेऊ ।”

त्यसपछि हामी पूर्ववत् मित्र भयौं ।

को हुन् करण ?

करण जोहर प्रतिभाशाली व्यक्ति हुन् । यौनिकताका विषयमा अरुले विवाद मच्चाए तर उनी आफ्नै क्रियाकलापका कारण पनि विवादमा आइरहने व्यक्ति हुन् । ‘एआईबी रोस्ट’ नाम गरेको एउटा युट्युब शोमा उनले भाग लिए र हजारौँको भीडमा उनले अभद्र भाषा प्रयोग गरे । यो शो मनोरञ्जनका लागि आयोजना गरिएको थियो । कैयौँ संघसंगठनले यो शो र करणको अत्यन्तै विरोध गरे । 

करण (जन्मः २५ मई, १९७५) प्रसिद्ध भारतीय फिल्म निर्देशक, उत्पादक, चलचित्र लेखक, कस्ट्युम डिजाइनर, अभिनेता र टीभी होस्ट हुन् । उनी ‘केजो’का नामले पनि चिनिन्छन् । 

करणका पिता यश जोहर हुन्, जो बलिउड फिल्मका निर्माता र धर्मा प्रोडक्सनका संस्थापक पनि हुन् । उनकी आमाको नाम हिरु हो ।

करणले मुम्बईको ग्रिनलाइन्स हाइस्कुल र एचआर कलेज अफ कमर्स एन्ड इकनोमिक्बाट पढाइ गरेका हुन् । उनले फ्रेन्चमा मास्टर्स डिग्री हासिल गरेका छन् ।

करणले चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट सहायक निर्देशकका रूपमा बलिउड ‘इन्ट्री’ गरेका हुन् । यसलाई बलिउडमा ‘ल्यान्डमार्क’ मानिन्छ । यो चलचित्रमा करणले शाहरुखको साथीका रूपमा सानो भूमिका निर्वाह गरेका थिए । 

निर्देशकका रूपमा उनको पहिलो चलचित्र ‘कुछ कुछ होता है’ ब्लकबस्टर भयो । यो त्रिकोणात्मक प्रेम कथामा आधारित छ । चलचित्रले कैयौं अवार्ड जित्यो । यसपछि ‘कभी खुसी कभी गम’, ‘कभी अलबिदा ना कहेना’, ‘माइ नेम इज खान’ जस्ता चलचित्रमा उनले आफ्ना साथी शाहरुखलाई शीर्ष भूमिकामा राखे । यसपछि निर्माता निर्देशकका रूपमा करणले नयाँ पिँढीलाई स्थान दिन थाले । कैयौँ चलचित्रमा उनी आफैंले केमियो पनि गरे । 

निर्देशकका रूपमा करणले ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘कभी अलबिदा ना कहेना’, ‘माइ नेम इज खान’, ‘स्टुडेन्ट अफ दि इयर’, ‘बम्बे टकिज’, ‘ए दिल है मुस्किल’ जस्ता चलचित्र बनाए । निर्माताका रूपमा भने ‘कल हो ना हो’, ‘काल’, ‘कभी अलबिदा ना कहेना’, ‘दोस्ताना’, ‘कुर्बान’, ‘वेक अप सिड’, ‘माइ नेम इज खान’, ‘आई हेट लव स्टोरिज’, ‘वी आर फ्यामिली’, ‘अग्निपथ’, ‘एक मै और एक तु’, ‘स्टुडेन्ट अफ दि इयर’, ‘गिप्पी’, ‘ये जवानी है दिवानी’, ‘गोरी तेरे प्यार मे’, ‘हँसी तो फसी’, ‘टु स्टेट्स’, ‘हम्पटी शर्मा की दुल्हनिया’, ‘उंगली’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘बाहुबली’ लगायतमा काम गरे ।

उनी आफैंले लेखेका चलचित्र ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘कभी अलबिदा ना कहेना’, ‘माइ नेम इज खान’, ‘स्टुडेन्ट अफ दि इयर’ र ‘बम्बे टकिज’ हुन् ।

टीभीमा करणले ‘कफी विथ करण’ नामको शो समेत होस्ट गरे, जसमा सेलिब्रिटीसँग कुराकानी गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २४, २०७४  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC