site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा १३ कलाकारका प्रिन्टमेकिङ छापाचित्रण कलाको प्रदर्शनी आइतबारदेखि सुरु भएको छ । 

नेपाली संस्कृति, प्रकृति, समाज तथा मानव विषयमा कलाकारले कलाकृति बनाउनुभएको छ । प्रदर्शनी एक हप्तासम्म रहने जनाइएको छ । 

Agni Group

अग्रज कलाकार वीरेन्द्रप्रताप सिंहले प्रदर्शनी उद्घाटन गर्दै नेपाली कलामा प्रिन्टमेकिङ विधाले पछिल्लो समय प्रगति गरिरहेको बताए। उनले भने, “प्रदर्शनीमा राखिएका प्रिन्ट निकै राम्रा र आकर्षक रहेका छन् ।” ग्यालरीका सञ्चालिका संगीता थापाले नेपालमा प्रिन्टमेकिङमा कलाकार जम्दै जान थालेको बताए। 

कार्यक्रममा विन्दु स्पेस फर आर्टिस्टका सौरगंगा दर्शनधारीले नेपालमा प्रिन्टमेकिङ आर्टिस्टको संख्या बढ्दै गइरहेको र नयाँ पुस्ताका कलाकारले यसप्रति चासो दिन थालेको बताए । ‘मनसुन’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा कोरियाली प्रिन्टमेकर ह्युन जु किमका प्रिन्टकला पनि राखिएको छ । 

Global Ime bank

प्रदर्शनीमा दर्शनधारी, पृथ्वी श्रेष्ठ, सुवास तामाङ, रितु थापा, अमन महर्जन, अनिल प्रजापति, विजेन्द्र श्रेष्ठ, विद्यमान तामाङ, जेन्नी घले, पवन सुनुवार, प्रमिला लामा र शरद दर्शनधारी सहभागी रहेका छन् । छ दिनसम्म चलेको ‘मनसुन प्रिन्टमेकिङ वर्कसप २०१७’ मा बनाइएका करिब तीन दर्जन कलाकृति प्रदर्शनीमा राखिएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  ०२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC