site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘इन्दु सरकार’ माथि तीव्र विरोध, निर्देशकलाई प्रहरी सुरक्षा
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘इन्दु सरकार’ माथि विवाद बढ्दै गएपछि महाराष्ट्र सरकारले निर्देशक मधुर भंडारकरलाई सुरक्षा प्रदान गरेको छ । नागपुरमा भंडारकरको पत्रकार सम्मेलन रद्द भएपछि उनलाई प्रहरी सुरक्षा दिइएको हो । 

आइतबार भंडारकरको ‘इंदु सरकार’का विषयमा नागपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर झण्डै ५० कांग्रेस कार्यकर्ताले त्यहाँ हुलदंगा मच्चाएका थिए । कांग्रेस कार्यकर्ताले प्रहरी र चलचित्रका विरुद्ध नाराबाजी पनि गरेका थिए । अमरउजालाका अनुसार यो घटनापछि भंडारकरले पत्रकार सम्मेलन रद्द गरेर ट्विटराम कांग्रेसका राष्ट्रिय उपाध्यक्षसँग जवाफ मागेका थिए । 

Agni Group

भंडारकरले ट्विटरमा लेखे– “पुणेपछि मैले नागपुरको प्रेस कन्फेरेन्स पनि क्यान्सिल गर्नु परेको छ, के मलाई कुनै स्वतन्त्रता छैन ?”

‘इन्दु सरकार’ रिलिज हुन मात्र २ हप्ता बाँकी छ । तर यसको विवाद अझै सकिएको छैन । इंदौर शहरमा कांग्रेस पार्टीले ‘सिने सर्किट एोसिएशन’ र ‘सिने गृह संचलन’ लाई पत्र लेख्दै चलचित्रको रिलिजका विषयमा चेतावनी दिएको छ । पार्टीले चलचित्रलाई सिनेमाघरमा रिलिज हुन नदिने स्पष्ट पारेको छ । यदि यो रिलिज भए, उग्र आन्दोलन हुनेछ, यसको जिम्मा थिएटर मालिक र प्रशासन हुनेछ भनिएको छ । उनीहरूले “यो चलचित्र अनुपम खेरले भाजपा सरकारको भनाइमा बनाएको हो । चलचित्र रिलिज भयो भने अनुपम खेर र मधुर मंडारकर दुवैको पुत्ला जलाएर चलचित्रको विरोध गरिने छ ।” पनि भनेका छन् । 

Global Ime bank

यसबाहेक महाराष्ट्र कांग्रेसले पनि चलचित्रको विरोध गरेको छ । यस अघि इलाहबादबाट कांग्रेसी नेता हसीब अहमदले चलचित्रको विरोध गर्दै मधुर भंडारकरको अनुहारमा कालोमोसो दल्नेलाई १ लाख इनाम दिने घोषणा गरेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  ०३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC