काठमाडौं । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय ईटहरीमा शुभारम्भ गरेको छ । कम्पनीले सोमबारदेखि शाखा शुभारम्भ गरेको हो । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
स्थापना गरिएका शेरुमले आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध गराउने जनाएको छ । शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउने बताएको छ ।
शाखाको शुभारम्भ ग्रुपका अध्यक्ष अर्जुन शर्माले गरेका थिए । “कम्पनी केवल सवारी विक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ विशेष ध्यान केन्द्र्रित गरेका छौं,” उनले भने “आवश्यक परेको समयमा सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराउने छौं ।”
अग्नि ग्रुप सन् १९९१ मा नेपालमा स्थापना भएको जनाइएको छ ।