site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ  । शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको बताए ।  पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने गरिन्थ्यो । उनले भने,  “यो तरिका विदेशमा पहिलेदेखि नै प्रचलनमा छ, हामीले पनि धेरै अघि सुरु गर्ने सोच बनाए पनि विभिन्न कारणले सुरु गर्न सकिएको थिएन ।” अस्पतालका अनुसार पहिलेको तरिकाले १ एमएलको सुईले एक जनालाई हुन्थ्यो, अब भने यही सुईले पाँच जनालाई लगाउन पुग्छ ।
अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने बताइन ।
 पुरानो तरिकामा दुवै पाखुरामा ०।५÷०।५ एमएल गरी १ एमएल लगाउर्ने पर्ने भए पनि नयाँ तरिकामा दुवै पाखुरामा ०।१÷०।१ गरी ०२ एमएल मात्रै दिइन्छ ।
टेकु अस्पतालमा हरेक दिन १५० भन्दा बढी नयाँ बिरामी र करिब ५०० पुराना बिरामी रेविजविरुद्धको सुई लगाउन आउँछन् । जनावरले टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ । नयाँ तरिकाले सुई लगाउँदा भने १४ औँ दिनमा लगाउनु नपर्ने डा पुनले बताए । अस्पतालको तथ्याङ्कअनुसार हरेक वर्ष रेबिजका कारण करिब १५ जनासम्म बिरामीको मृत्य हुने गरेको छ ।
धनुष्टंकारको उपचारमा समस्या
बाइकको चक्काले खुट्टामा काट्दा अमलाचौर नगरपालिका– १२ बाग्लुङका टीकाराम पौडेललाई सामान्य चोट हो भन्ने लाग्यो । नजिकैको अमलाचौर स्वास्थ्य चौकीमा जाँदा चिकित्सकले १३ वटा टाँका लगाइदिए तर लगाउनैपर्ने टिटानसको सुई भने नभएको भन्दै लगाइएन ।
स्वास्थ्य चौकीमा टिनानसको सुई नभएपछि पौडेलले अन्यत्र स्वास्थ्य संस्थामा गई सुई लाउने पनि सोचेनन  । त्यसको असर तीन दिन नबित्दै देखिन थाल्यो । घटना वैशाख १५ गतेको थियो । असर भने १८ गतेबाटै देखिन थालेको थियो । ज्वरो आउने, मुख बांगो हुने, बाउन नमिल्ने, हातखुट्टा कक्क्रक्क परेर चलमलाउनै नमिल्ने भएपछि परिवारले उनलाई पोखरास्थित अञ्चल अस्पतालमा पु¥यायो तर बीसको उन्नाइस भएन ।
उनलाई वैशाख २० गते काठमाडाँैको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइयो । त्यहाँ ल्याएपछि टिटानस अर्थात् धनुष्टंकार भएको पुष्टि भयो । त्यहाँ सघन कक्ष नहुँदा उपचार नहुने भएपछि वैशाख २१ गते पाटन अस्पतालमा पठाइयो । त्यहाँ सघन उपचार कक्षको शय्या नं ५ मा भेन्टिलेटर लगाई उपचार भइरहेको छ ।
टिनानस टि ‘कष्ट्रिडियम’ नामक ब्याक्टेरियाबाट व्यक्तिमा सङ्क्रमण हुन्छ । मानिसलाई कतै चोटपटक लाग्यो, काट्यो भने माटो, खिया लागेको फलाम, जनावरको मलमूत्रबाट यो ब्याक्टेरिया सजिलै मानिसमा सर्ने चिकित्सकको भनाइ छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC