site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वैदेशिक रोजगारीको समस्या समाधान गर्न प्रहरीको स्पेसल फोर्स बनाउँछु : गृहमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवाको समस्या समाधान गर्न प्रहरीको स्पेसल फोर्स बनाएर परिचालन गरिने बताएका छन् । 

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भने, “पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ । उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएकाहरूको समस्या समाधान गर्ने जिम्मा दिइने छ ।” 
मन्त्री शर्माले अवैध रुपमा विदेशिनेलाई रोकथाम गर्नका लागि अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए । 

नेपाली काम गर्ने क्षेत्रमा प्रहरी अफिसर पठाइने
वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीका बीचमा समन्वयको अभाव भएको बताउँदै मन्त्री शर्माले नेपाली कामदार भएका देशमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे तयारी भइरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेनपावरले पनि दलालमार्फत आएका मान्छेलाई विदेश पठाउने हुनाले दलालबाटै उनहिरू ठगिन्छन्,” मन्त्री शर्माले भने, “फ्रि–भिसाको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौँ, दलालहरूले त्यही फ्रि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् ।”

मन्त्री शर्माले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेलाई रोक्न नसके पनि थप सहज बनाउन सम्बन्धित मन्त्रालयले सोच्नुपर्ने बताए  । वैदेशिक रोजगारीमा जान लागेकालाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले श्रमिकहरू दलालको फन्दामा पर्ने गरेको उल्लेख गरे ।

Global Ime bank


‘वैदेशिक रोजगार सम्मेलन’ गर्न समितिको निर्देशन

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकका देखिएका समस्या समाधान गर्न तत्काल ‘वैदेशिक रोजगार सम्मेलन’ गर्न सरकारलाई निर्देशन दिएको छ । 

खाडी मुलुकहरुमा पीडा भोग्दै आएका नेपाली कामदारको समस्या समाधान हुनेगरी आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति जुठबहादुर टुहेरे खडगीले जानकारी दिए । 

समितिले वैदेशिक रोजगारमा गएकाहरूको अभिलेख राख्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । 

बैठकमा समितिका सदस्यहरूले वैदेशिक रोजगारमा गएका नेपालीको अवस्था दयनीय बन्दा समेत सरकारले त्यसको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC