site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् ।  
    
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बिहीबार उनले राज्यका निकाय एवं विदेशस्थित नियोगलाई एकीकृत ढङ्गबाट परिचालन गरेर तत्कालको समस्या सम्बोधन गर्ने बताए । 
 
“आजको समस्यालाई बुझेर वैदेशीक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ,” उनले भने ।
    
मन्त्री महराले आफू श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर समस्याको समाधान गर्न लागि गरेको स्पष्ट पारे ।

उनले परराष्ट्र, गृह, अर्थ र श्रम मन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिँदै श्रमीकका समस्यालाई तदारुकताका साथ परिणामुखी बनाउने जानकारी दिए । 

Agni Group

मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढङ्गबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खाडी राष्ट्रका कूटनीतिक नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको  जानकारी गराए । 

त्यसैगरी उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुने गरी  मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने बताए । 

Global Ime bank

तत्काल श्रमिक फिर्ता गर्न नसकिएपनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै मन्त्री महराले त्यस कार्यका लागि सरकारले गम्भिर रुपमा पहल गर्ने बताए ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कुटनीतिक सम्बन्ध अझ सबल गराउने बताउँदै उनले सरकारी तहमै श्रम सम्झौता गरेरमात्र श्रमिक पठाइने बताए ।
 
मन्त्री महराले तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने बताए ।  दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उनले आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकोले त्यसलाई निरन्तरता दिने गरी अगाडि बढ्नुपर्ने बताए । 

विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन सक्दैन, मन्त्री महराले थपे, “सकारात्मक लक्ष्य प्राप्तिका लागि निरन्तर पहल गर्नुपर्छ ।”  बैठकमा गृहमन्त्री जनार्दन शर्मा र श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरको सहभागिता थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४  ००:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC