site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगानिस्तानको सार–ए–पोलमा आक्रमण, ५० को मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त सार–ए–पोलमा भएको विद्रोही आक्रमणमा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

सो प्रान्तका प्रशासकले बीबीसीलाई बताए अनुसार विद्रोहीले मिर्जावालङ क्षेत्रमा सुरक्षा शिविरमा आक्रमण गर्दै गाउँमा प्रवेश गरेका थिए र गैरसैनिक व्यक्तिलाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।

Agni Group

अफगानि अधिकारीहरुले उक्त आक्रमण तालिवान र इस्लामिक स्टेट विद्रोहीको संलग्नतामा भएको दाबी गरेका छन् तर तालिबानले भने आक्रमणको संलग्नता अस्वीकार गरेको छ । तालिबानले २८ जना सरकार समर्थित विद्रोही समूहका सदस्यको हत्या गरेको भने स्वीकार गरेको छ ।

सार–ए–पोल प्रान्तका प्रशासकका अनुसार हिंसात्मक आक्रमणमा अफगानिस्तान सरकारका सात सुरक्षाकर्मी र केही विद्रोही पनि मारिएका छन् ।
अफगानिस्तानमा केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ । राष्ट्रसंघका अनुसार सन् २०१७ को पछिल्लो छ महिनामा १,६६२ जना गैरसैनिक व्यक्तिको ज्यान गइसकेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC