site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दौडकै क्रममा लडे बोल्ट, फुत्कियो स्वर्ण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । लण्डनमा जारी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत चार गुणा सय मिटर रिले दौडका क्रममा जमैकन धावक उसेन बोल्ट ट्रयाकमै लडेका छन्  । करियरको अन्तिम दौडका रुपमा चार गुणा सय मिटर रिले दौडेका धावक बोल्ट घुँडाको चोटकाकारण ट्रयाकमै लडेका हुन्  ।

दौडकै क्रममा ट्रयाकमा ढलेपछि बोल्टलाई उनका साथीहरुले फिनिसिङ लाइन पार गराएको थिए । करियरको अन्तिम दौड पूरा गर्न नसकेपछि शताब्दीकै उत्कृष्ट चाँडो दौडने धावक बोल्टको बिदाइ सुखद हुन सकेन । 

Agni Group

गत वर्ष ब्राजिलमा सम्पन ओलम्पिकमा यस स्पर्धामा बोल्ट सम्मलित जमैकाले स्वर्ण जितेको थियो । यस स्पर्धामा जमैकाको नाममा ३६.८४ सेकेन्डको विश्व किर्तिमान समेत रहेको छ । ओलम्पिक खेलकुदमा आठ पटक स्वर्ण जितेका बोल्टको यो च्याम्पियनसिप अन्तिम प्रतियोगिता हो ।  

यस स्पर्धामा जमैका आठौं स्थानमा रह्यो । यस स्पर्धामा ग्रेट ब्रिटेनले ३७.४७ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्यो । यस्तै ३७.५२ सेकेन्डमा दौड पूरा गरेको अमेरिकाले रजत पदक जित्दा जापानले कास्य पदक हात पार्यो । 

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC