site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विपत्ति एक्लै आउँदैन भन्ने कथन अहिले चरितार्थ भएको छ । बाढीले झापादेखि कञ्चनपुरसम्म त्राहीमाम बनाएकै बेला पहाडमा पहिरो जान थालेको छ । पहिरोबाट जनधनको क्षति त भएको नै छ राजधानी र तराई जोड्ने सडकहरू पनि अवरुद्ध पारेको छ । विराटनगरलगायत केही विमानस्थलमा पानी जमेको छ । तराईमा ठूलो संख्यामा उद्धारकर्मी र सहायता सामग्री पठाउनु पर्ने बेलामा राजधानीबाट जाने बाटो बन्द भएको छ । गाउँहरूमा सञ्चार सम्पर्क विच्छेद भएको छ भने जो भएको अन्न र पाकेको बालीसमेत नष्ट भएको छ । सरकारमात्र हैन सामाजिक संघसंस्थाका स्वयसेवीसमेत आत्तिने र अलमलिने अवस्था उत्पन्न भएकाले उद्धार र आकस्मिक सहयोगमा दक्ष व्यक्ति र संस्था स्वःस्फूर्तरूपमा अगाडि सर्नुपर्ने हुन्छ ।

बाढी पसेका ठाउँमा कतिपय परिवारलाई पानी घटेको केही दिनमात्र अरूको सहयोग आवश्यक हुन्छ भने अपेक्षाकृत गरिब र अन्य कमजोर समूहका व्यक्तिहरूका लागि दीर्घकालीन सहयोग तथा पुनःस्थापनाको खाँचो हुन्छ । उद्धार र आकस्मिक सहायता भने पीडित सबैलाई आवश्यक हुन्छ । यसका लागि व्यापकरूपमा सहायता र स्वयंसेवी परिचालन गर्नु आवश्यक हुन्छ । सरकारले सबै सुरक्षा निकायका साथै निजमती सेवाका कर्मचारीलाई पनि उद्धार र सहायता वितरणमा खटाउनुपर्छ भने नेपाल रेडक्रसलगायत परोपकारी संघसंस्थाका स्वयंसेवी पनि उद्धार र आकस्मिक सहायता पुर्‍याउन संलग्न हुनुपर्छ । उद्धार र आकस्मिक सहायता वितरणको प्रयासमा समन्वय र सहकार्य हुनसके उत्तम हुन्छ । तर, सहायता उपलब्ध गराउन सरकारी अधिकारी वा कसैको आदेश पर्खेर बस्न भने हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय र केन्द्रीय दुवै तहमा प्राकृतिक प्रकोपमा काम गर्ने सरकारी संयन्त्र छ । तर, सरकारी संयन्त्र प्रायः शिथिल र बढी औपचारिक प्रकृतिको हुन्छ । यस्तै सरकारी कर्मचारीको जोखिम नलिने प्रवृत्तिका कारण सहायता वितरण प्रक्रिया धेरैजसो सुस्त पनि हुन्छ । यस्तो अवस्थामा सामाजिक संघसंस्था र स्वयंसेवीले तत्काल आकस्मिक सहायता उपलब्ध गराउन सक्नुपर्छ । सहायता संकलन र वितरणमा स्वयंसेवी सामाजिक संघसंस्था बढी प्रभावकारी पनि हुन्छन् । तर, स्वयंसेवीमध्ये धेरैको ध्यान सबैभन्दा बढी पीडित भनेर प्रचार गरिएको नभए यातायातका दृष्टिले सबैभन्दा सजिलो ठाउँमा बढी केन्द्रित हुन्छ । सहायता वितरण असमान भएपछि थुप्रै प्रकारका विकृति देखापर्छन् । यसैले नेपाल रेडक्रस वा समाज कल्याण परिषद्ले समन्वय गर्ने हो भने  सहायता वितरण कार्य प्रभावकारी हुनेछ ।

यसैगरी अहिले तराई र काठमाडौंबीच आवागमन सम्पर्क लगभग टुटेको छ । सबैजसो सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । अवरुद्ध सबै सडकलाई यथाशीघ्र खुलाउन सडक विभागले मात्र नसक्ने भए नेपाली सेना पनि परिचालन गर्नु उचित हुनेछ । काठमाडौंसँग सम्पर्क विच्छेद भएमा स्वास्थ्य टोली पनि समयमा पठाउन सकिँदैन । सबै निर्णय केन्द्रबाटै हुने र केन्द्रीय निर्देशनविना सिन्को नभाँच्ने कार्यशैली नै अपनाइरहने हो भने उद्धार र आमस्मिक सहायता वितरण प्रभावकारी हुनसक्तैन । प्रभावकारी कार्य सम्पादनका लागि सरकारका सबै सम्बन्धित निकाय स्वःस्फूर्तरूपमा परिचालित हुने अवस्था निर्माण गर्नुपर्छ । केन्द्रमा प्रभावकारी समन्वय र स्थानीय तहमा सहकार्यमा सरकारी पक्षले ध्यान देओस् । आकस्मिक सहायता वितरणकै बेलादेखि पुनःस्थापनाको योजना बनाउन सुरु गर्नुपर्छ । सरकारले यति धैर्य, सुझबुझ र सक्रियता देखाउने अपेक्षा गर्नु अन्यथा हुनेछैन ।
 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC