काठमाडौं । पोखरामा एक सैनिकले आफ्नै साथीको गोली हानी हत्या गरेका छन् ।
पोखरा लेखनाथ ११ स्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा सुरक्षार्थ खटिएका सैनिक प्युठ वसन्त लोहारले अर्का प्युठ गणेश सिंह विष्टलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । ड्युटीमा रहेका विष्टलाई लोहारले बिहान साढे ४ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेका विष्टको उपचारका लागी अस्पताल लैजाँदै गरेका बेला मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा सेना र प्रहरीले संयुक्त अनुसन्धान थालेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुष्कर कार्कीले जानकारी दिए ।
स्रोतका अनुसार सुतिरहेका विष्ष्टमाथि लोहारले ओछ्यानमै पुगेर गोली हानेका थिए ।
उनीहरुको घर एकैतिर परेको हुँदा घरायसी तनाबका कारण गोली हानेको हुन सक्ने आशंका गरिएको छ । तर घटनाको अनुसन्धानपछि मात्रै यसबारेमा जानकारी हुने प्रहरीले जनाएको छ ।