site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नौतले दरबार पुनःनिर्माण सुरु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ । 
विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको सो दरबार दुई वर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो । 
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा आज संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गरे । 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए । 
चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुशी व्यक्त गरे । 
चीनले पाँच वर्षमा करिब १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 
उनले भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताए । दुवै सम्पदा पुनःनिर्माणमा ३३ करोड लाग्ने विभागले जनाएको छ । 

कार्यक्रममा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC