site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीमा मानव बेचबिखन गर्नेलाई १५ वर्ष जेल र एक मिलियन साउदी रियाल जरिमाना
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरबमा घरेलु कामदारका रूपमा मानव बेचविखन गर्नेलाई १५ वर्षको जेल सजाय र एक मिलियन साउदी रियाल वा दुवै सजाय हुने भएको छ ।
घरेलु कामदार बेचविखनका कारण सुरक्षा, आर्थिक विकास र सामाजिक मर्यादामा असर परेकाले यस्तो नियम ल्याइएको साउदी अरबको श्रम तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता खालिद अब्बा अलखालीलाई उद्धृत गर्दै अरबन्युजले लेखेको छ । 

घरेलु कामदार बेचविखनका विषयमा मन्त्रालय र सामाजिक सुरक्षा विभागले अनुसन्धान गरिरहेको अलखालीले जनाएका छन् । साउदीमा घरेलु कामदार छनोट गर्दा विभिन्न संस्था र व्यक्तिले श्रम ऐनको उल्लंघन गर्ने गरेकाले त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच साउदीस्थित उपभोक्ता संरक्षण संघले वैदेशिक रोजगार र घरेलु कामदार भर्तिका विषयमा कार्यशाला आयोजना गरी परिचर्चा गरेको छ । 

संघले विभिन्न मुलुकका दूतावासका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा संघका महासचिव अब्दुर रहमान अल काटानीले साउदी अरबमा घरेलु कामदारको भर्तीका विषयमा समस्या उत्पन्न भएको बताए । उनले यसको व्यवहारिक समाधानका लागि ठोस प्रयास र समर्थन आवश्य रहेको उल्लेख गरे ।

Global Ime bank

फिलिपिन्स, श्रीलंका र बंगलादेशलगायतका दूतावासका प्रतिनिधिले कार्यशालामा भाग लिएका थिए । ती देशका प्रतिनिधिले श्रमको वृद्धि, तलब वृद्धि र महिला श्रमिकको मुद्दा उठाएका थिए ।

स्थानीय प्रथा, अन्य देशको अभ्यास र दुई देशका एजेन्ट बीच संचारको कमीका कारण समस्या उत्पन्न भएको कार्याशलामा बताइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC